धनकुटाको चौविसेमा खोलाले बगाउँदा बृद्धको मृत्यु

धनकुटाको चौविसेमा खोलाले बगाउँदा बृद्धको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा आज बिहान खोलाले बगाउँदा एक बृद्धको मृत्यु भएको छ । स्थानीय छरुवा खोलाले बगाउँदा चौविसे–५ बज्रमाईका ७१ बर्षीय भुवनसिंह खड्काको मृत्यु भएको हो । बिहान करिब ९ बजे खोला तर्ने क्रममा बगाउँदा बृद्ध खड्का खोलामा बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि अस्थाई प्रहरी बिट मौनबुधुकबाट प्रहरी टोली घटनास्थल गएको थियो । प्रहरी र स्थानीयबासीले खोजी गर्ने क्रममा बगाएको स...
झापाबाट चार जुवाडे पक्राउ

झापाबाट चार जुवाडे पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी–९ स्थित जितेन्द्र शाक्यको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र ३७ बर्षीय सुरेश लिम्बु छन् । गएराती ९ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट...
देशभर आज र भोली वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

देशभर आज र भोली वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

विराटनगर । देशभर आज र भोली वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदैछ । हरेक वर्ष कात्तिक ३ र ४ गते भिटामिन ए र जुकाको औषधि खुवाइदै आएको थियो । तर, यस पटक सो अवधिमा दशैं परेकाले औषधि खुवाउँने म्याद केही दिन पछि धकेलिएको हो । देशभरका ७५३ वटै पालिकामा यो कार्यक्रम सञ्चालन हुँनेछ । वालव...
पाँच बर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा उपप्राध्यापक पक्राउ

पाँच बर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा उपप्राध्यापक पक्राउ

जनकपुरधाम । पाँच बर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्राध्यापक कपिलदेव मण्डल पक्राउ परेका छन् । जनकपुरधाम–८ की वालिकालाई यौन शोषण गरेको आरोपमा स्थानीय ५१ बर्षीय उपप्राध्यापक मण्डललालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित वालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि मण्डललाई प्रहरीले पक्राउ गरेको हो । गणेश पूजाको मौका छोपेर ...
आज देशभर एमालेको वडा अधिवेशन हुँदै

आज देशभर एमालेको वडा अधिवेशन हुँदै

विराटनगर । आज देशभर नेकपा एमालेको वडा अधिवेशन हुँदैछ । आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन आयोजना गरिएको हो । माले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ वडा अधिवेशनहरुको उद्घाटन गर्ने कार्यक्रम छ । बाढी पहिरोबाट बढी प्रभावित भएका बाहेक सबै वडाहरुमा वडाअधिवेशन हुँने एमालेले जनाएको छ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभर पालिका अविधेशन गर्ने एमालेको तयारी छ । एमालेको १...
धनकुटामा दशैं मनाउँन गएका श्रीमानको शव भेटियो खोलामा, रुदारुदै बेहोस भएर श्रीमतिको मृत्यु

धनकुटामा दशैं मनाउँन गएका श्रीमानको शव भेटियो खोलामा, रुदारुदै बेहोस भएर श्रीमतिको मृत्यु

धनकुटा । दशैंको उल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चौकका झगेन्द्र राईको परिवार शोकमा डुबेको छ । गाउँमा दशैं मनाउँन आएका झगेन्द्र सधैका लागि विदा भए । श्रीमानको मृत्युको पीडा सहन नसक्दा रुदारुदै उनकी श्रीमती अनुले पनि संसार छोडिन् । दशैं विदा हुन नपाउँदै एकपछि अर्को परिवारको सदस्यलाई सधैका लागि विदा गर्नुपर्दा परिवारमा बज्रपात परेको छ । धरान उपमहानगरपालिका–११ ...
ताप्लेजुङमा रुखबाट लड्दा ७५ बर्षीय बृद्धको मृत्यु

ताप्लेजुङमा रुखबाट लड्दा ७५ बर्षीय बृद्धको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा रुखबाट लडेर एक बृद्धको मृत्यु भएको छ । घाँस झार्ने क्रममा रुखबाट लड्दा पाथिभरा याङवरक गाउँपालिका–२ ओलक गाउँका ७५ बर्षीय भीमबहादुर पौडेलको मृत्यु भएको हो । घर नजिकै रहेको कटमेरोको रुखमा चढेर डाले घाँस झार्ने क्रममा रुखबाट खसेका पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
सुनसरीमा ‘अनटेष्ट’ कार र स्कूटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरीमा ‘अनटेष्ट’ कार र स्कूटी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुनसरी । सुनसरीका दुई छुट्टा–छुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिकामा कार र कोशी गाउँपालिकामा स्कूटर दुर्घटना भएको हो । बराहक्षेत्र–३ बाङ्गेस्थित भित्री सडक खण्डमा ‘अनटेष्ट’ कार अनियन्त्रित भई पल्टिँदा कार चालक बराहक्षेत्र–६ चक्रघट्टीका ४० बर्षीय कृष्ण प्रसाद दाहालको मृत्यु भएको छ । गएराती पौने ८ बजे कालाबञ्जरदेखि चक्रघटीतर्फ आउँदै गरेको सो कार आफै ...
बेमौसमी वर्षाले ६ अर्ब बराबरको धानबाली क्षति

बेमौसमी वर्षाले ६ अर्ब बराबरको धानबाली क्षति

काठमाडौं । बेमौसमी अविरल वर्षाका कारण किसानले घर भित्र्याउँदै गरेको ६ अर्ब रुपैयाँ बराबरको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार विभिन्न तीनवटा प्रदेशमा करिब ६ अर्ब मूल्य बराबरको धानबालीमा पुगेको हो । बेमौसमी अविरल वर्षाका कारण लम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र १ नम्बर प्रदेशको धानबालीमा क्षति पुगेको छ । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बेमौ...
सिफलमा खुल्यो कुमारी बैंकको नयाँ शाखा

सिफलमा खुल्यो कुमारी बैंकको नयाँ शाखा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८, सिफलमा कुमारी बैंकले शाखा विस्तार गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले सिफलमा शाखा कार्यालय खोलेर बैंकिङ सेवा प्रदान गर्न थालेको हो । योसँगै बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखा भएका छन् । नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधा दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई व्यवसाय वृद्धिमा वित्तीय सहयोग...
अरिङ्गालले टोकेर घाइते भएका बृद्धको मृत्यु

अरिङ्गालले टोकेर घाइते भएका बृद्धको मृत्यु

धनकुटा । अरिङ्गालले टोकेर घाइते भएका धनकुटाको पाख्रीवास नगरपालिका–३ बुधबारेका डम्बर बहादुर अधिकारीको मृत्यु भएको छ । घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा घाइते भएका ७० बर्षीय अधिकारीको उपचारका क्रममा मृत्यु भएको हो । हिजो दिउँसो करिब १२ बजे घाँस काट्ने क्रममा अरिङ्गालको गोलोमा छुईदा बिच्किएका दर्जनौं अरिङ्गालले बृद्ध अधिकारीको अनुहार, घाँटी, हात, खुट्टा लगायत शरिरका बिभिन्न भागमा टोकेको थियो । ...
धनकुटामा पहिरोले घर पुर्दा मृत्यु हुँनेको संख्या सात पुग्यो

धनकुटामा पहिरोले घर पुर्दा मृत्यु हुँनेको संख्या सात पुग्यो

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ छ नम्बर बुधबारेस्थित गढेरीमा पहिरोले घर पुर्दा मृत्यु हुँनेको संख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानका लागि हेलिप्याडतर्फ लैजादै गर्दा दिउँसो करिब १ बजे घाइते ११ बर्षीय संजाल श्रेष्ठको मृत्यु भएको धनकुटाका प्रहरी प्रमु...
धनकुटामा अरिङ्गालले टोक्दा ७० बर्षीय बृद्धको अवस्था गम्भीर, घोपा पठाइयो

धनकुटामा अरिङ्गालले टोक्दा ७० बर्षीय बृद्धको अवस्था गम्भीर, घोपा पठाइयो

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ बुधबारेमा आज दिउँसो अरिङ्गालले टोकेर एक बृद्ध गम्भीर घाइते भएका छन् । दिउँसो करिब १२ बजे घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा स्थानीय ७० बर्षीय डम्बर बहादुर अधिकारी घाइते भएका हुन् । घाँस काट्ने क्रममा अरिङ्गालको गोलोमा छुईदा बिच्किएका दर्जनौं अरिङ्गालले बृद्ध अधिकारीको अनुहार, घाँटी, हात, खुट्टा लगायत शरिरका बिभिन्न भागमा टोकेको बताइएको छ । गम्भीर घाइते ...
खोला बगरबाट अस्थायी सडक बनाएर खुलाइयो कोशी राजमार्ग

खोला बगरबाट अस्थायी सडक बनाएर खुलाइयो कोशी राजमार्ग

धनकुटा । लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा अवरुद्ध भएको कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड २४ घण्टापछि आज अपरान्हबाट खुलेको छ । खोला बगरबाट तत्कालका लागि अस्थायी सडक निर्माण गरेर अपरान्हबाट एकतर्फी रुपमा यातायात सुचारु गरिएको हो । अविरल बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले हिजो अपरान्ह करिब ४ बजे घण्टे नजिक झण्डै २ सय मिटर सडक बगाएको छ । बाढीले सडक बगाउँद...
धनकुटाको लेउतीमा बैकल्पिक सडक बनाएर राजमार्गमा यातायात सुचारु गरिदैं

धनकुटाको लेउतीमा बैकल्पिक सडक बनाएर राजमार्गमा यातायात सुचारु गरिदैं

धनकुटा । लगातारको बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा हिजो अपरान्हदेखि अवरुद्ध भएको कोशी राजमार्ग आज अपरान्हसम्ममा खुल्ने भएको छ । सडक खुलाउँनका लागि अहिले भत्किएको ठाउँबाट बैकल्पिक सडक निर्माण गर्ने काम भइरहेको छ । गएरातीदेखि पानी पर्न रोकिएपछि आज बिहानदेखि नै सडक खुलाउँने प्रयास थालिएको हो । डोजर लगाएर खोला बगरबाटै बैकल्पिक सडक निर्माण गर्न...
धनकुटा पहिरो अपडेट: सडक अवरुद्ध हुँदा घाइतेलाई उपचारमा लैजान समस्या, हेलिकप्टर आउँदै

धनकुटा पहिरो अपडेट: सडक अवरुद्ध हुँदा घाइतेलाई उपचारमा लैजान समस्या, हेलिकप्टर आउँदै

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ छ नम्बर बुधबारेस्थित गढेरीमा गएराती पहिरोले घर पुर्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लैजान समस्या भएको छ । बर्षाका कारण भेडेटार–छ नंम्बर बुधबारे सडक खण्डका बिभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा घाइतेहरुलाई उपचारका लागि लैजान समस्या भएको हो । गएराती करिब १२ बजे माथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुर्दा उनीसहित घरमा सुतेका ६ जनाको मृत्यु भएक...
विद्युत प्राधिकरणको दुहबी सबस्टेशनमा डुबान, प्रदेश १ मा विद्युत अवरुद्ध

विद्युत प्राधिकरणको दुहबी सबस्टेशनमा डुबान, प्रदेश १ मा विद्युत अवरुद्ध

विराटनगर । निरन्तरको बर्षाका कारण सुनसरीको दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेसन डुवानमा पर्दा प्रदेश १ मा विद्युत अवरुद्ध भएको छ । डुबानका कारण धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा मंगलबार साँझबाट विद्युत अवरुद्ध भएको हो । प्राधिकरणका अनुसार सबस्टेसनको नियन्त्रण कक्ष डुवानमा परेको छ । हालसम्म सवस्टेशनको मुख्य उपकरणमा क्षति पुगेको छैन...
धनकुटामा पहिरोले घर पुर्दा छ जनाको मृत्यु

धनकुटामा पहिरोले घर पुर्दा छ जनाको मृत्यु

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ छ नम्बर बुधबारेस्थित गढेरीमा गएराती पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ । छ जना घाइते छन् । राती करिब १२ बजे माथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिरोले पुर्दा राती घरमा सुतिरहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले संगालोखबरलाई जानकारी दिए । घर पुरिँदा ६० बर्षीय भीमबहादुर श्रेष्ठ, ...
तमोर नदीमा खतराको संकेत, सचेत हुँन प्रशासनको अपिल

तमोर नदीमा खतराको संकेत, सचेत हुँन प्रशासनको अपिल

धनकुटा । अविरल बर्षाका कारण बाढी आउँदा तमोर नदीले खतराको सतह पार गरेको छ । मंगलबार साँझ ५ बजे मुलघाटस्थित तमोर नदीमा जल मापन केन्द्रले गरेको मापनमा नदीले खतराको सतह पार गरेको पाइएको हो । नदीमा पानीको सतह निकै बढेपछि प्रशासनले नदी तटिय क्षेत्रमा बसोवास गर्नेहरुलाई सतर्कता अपनाउँन आग्रह गरेको छ । बर्षा भइरहेकाले तमोर नदीको तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउँन अपिल गरिएको धनकुटाक...
धनकुटाको लेउती खोलाको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध

धनकुटाको लेउती खोलाको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध

धनकुटा । लगातारको बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । बाढीले सडक बगाएपछि आज अपरान्ह करिब ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । बाढीले सडकको ठूलो क्षेत्रमा क्षति पुर्याएकाले तत्काल सडक खुल्ने संभावना नरहेको प्रहरीले जनाएको छ । हिजो साँझदेखि सुरु भएको बर्षा अझै नरोकिदा लेउती खोलामा बाढी उर्लि...
धरानमा पहिरोले घर पुर्दा दिदी–भाईको मृत्यु

धरानमा पहिरोले घर पुर्दा दिदी–भाईको मृत्यु

सुनसरी । अविरल बर्षाका कारण आज दिउँसो खसेको पहिरोले घर पुर्दा धरानमा दिदी–भाईको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोले घर पुर्दा धरान उप–महानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु र छोरा ४ बर्षीय निहानको मृत्यु भएको हो । दिउँसो करिब पौने २ बजे माथीबाट खसेको पहिरोले राईको १ तले टिनको छाना भएको घर पुरेको छ । घरभित्र रहेका दिदी–भाई पनि पहिरोमा पुरिएका हुन् । घटनाको जानकार...
धनकुटाको हिले–छिन्ताङ सडक कालोपत्रे गरिने

धनकुटाको हिले–छिन्ताङ सडक कालोपत्रे गरिने

धनकुटा । धनकुटाको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी सडक कालोपत्रे गरिने भएको छ । प्रदेश सरकारको लगानीमा कालोपत्रे हुन लागेको उक्त सडकको मुख्यमन्त्री भीम आचार्यले सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । सडक शिलान्यास गर्दै मुख्यमन्त्री आचार्यले सडक कालोपत्रे भएपछि त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा पनि टेवा पुग्ने बताए । उक्त सडक हुदै पूर्वको चर्चित धार्मिक स्थल छिन्ताङदेवी मन्दिर, प...
धनकुटा अस्पताललाई १०० शैयामा स्तरोन्नती गरिने, मुख्यमन्त्रीले गरे उद्घाटन

धनकुटा अस्पताललाई १०० शैयामा स्तरोन्नती गरिने, मुख्यमन्त्रीले गरे उद्घाटन

धनकुटा । धनकुटा जिल्ला अस्पताललाई १०० शैयामा स्तरोन्नती गरिने भएको छ । अहिले १५ शैया रहेको जिल्ला अस्पताललाई शैया थप गरेर स्तरोन्नती गर्न लागिएको हो । मुख्यमन्त्री भीम आचार्यले सोमबार एक कार्यक्रमकाबीच अस्पताल स्तरोन्नती प्रकृयाको उद्घाटन गरेका छन् । कार्यक्रमलाई संवोधन गर्दै मुख्यमन्त्री आचार्यले जिल्ला अस्पताललाई अब १०० शैयाको बनाइने बताए । प्रदेश सरकारले कही समय अघि अस्पतालको स्तरोन्नती गर्न...
धनकुटाको विकासलाई प्रदेश सरकारले सधै प्राथमिकतामा राख्छ: मुख्यमन्त्री आचार्य

धनकुटाको विकासलाई प्रदेश सरकारले सधै प्राथमिकतामा राख्छ: मुख्यमन्त्री आचार्य

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले धनकुटाको विकासलाई प्रदेश सरकारले सधै प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री बनेपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागि हुँन धनकुटा आएका मुख्यमन्त्री आचार्यको सम्मानमा एमाले धनकुटाले सोमबार बिहान गरेको स्वागत कार्यक्रममा बोल्दै आचार्यले धनकुटालाई सधै विकासमा प्राथमिकता दिने बताएका हुन् । प्रदेशको राजधानीका लागि सक्षम दावेदार भएरप...
तेह्रथुममा रक्सी खाएर श्रीमान–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

तेह्रथुममा रक्सी खाएर श्रीमान–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

तेह्रथुम । तेह्रथुममा श्रीमान–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ । श्रीमती घाइते भएकी छन् । श्रीमतीसँगको झगडामा छथर गाउँपालिका–३ ज्यामिरेका ५४ बर्षीय गोबिन्द बहादुर लिम्बुको मृत्यु भएको हो । झगडामा श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बु घाइते भएकी छन् । मादक पदार्थ सेवन गरेका उनीहरुबीच गएराती करिब ९ बजे आफ्नै घरमा आपसमा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको कारण खुलेको छैन । वादविवादक...
संखुवासभामा गाडी पल्टिदा दुई जनाको मृत्यु

संखुवासभामा गाडी पल्टिदा दुई जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाँउपालिका–३ केराबारीस्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको डब्लुवी ११ टीसी ०२९६ नम्बरको मिल्लर गाडी पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारतको बिहार का ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारतको युपीका ४० बर्षीय श्रीनिवास सिंह छन् । गएराती ८ बजे घोलेको गिटी र सिमेन्ट पुर्याएर फर्कने क्रममा गाडी अनियन्त्रित भई करिव १५० मिटर तल खसेको थियो । दुर्घटन...
धनकुटाको हिलेमा कार दुर्घटना

धनकुटाको हिलेमा कार दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेस्थित आर्मी ब्यारेक नजिक कार दुर्घटना भएको छ । हिलेबाट सिंधुवातर्फ जाँदै गरेको को १ च ७४०३ नम्बरको कार र सिधुंवाबाट धरानतर्फ जाँदै गरेको बा ११ च २०५८ नम्बरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा बा ११ च २०५८ नम्बरको कार चालक तेह्रथुमको छथर गाउँपालिका–६ का ४४ बर्षीय खगेन्द्र कटुवाल घाइते भएका हुन् । उनको ढाडमा चोट ...
भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोशीमा पुगेर दुर्घटना

भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोशीमा पुगेर दुर्घटना

धनकुटा । भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोशीमा पुगेर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । प्याराग्लाइडिङ खस्दा धरान उपमहानगरपालिका–१ का ४८ बर्षीय रोशन अधिकारी घाइते भएका हुन् । भेडेटारस्थित बुद्ध बिहारबाट आइतवार दिउँसो प्याराग्लाइडिङ उडेको थियो । दिउँसो करिब २ बजे उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोचस्थित सप्तकोशी नदीको किनारमा प्याराग्लाइडिङ खसेको प्रहरीले जनाएको छ । बर्षासँगै आएको हावा...
धनकुटामा टेम्पुमा छुटेको ७ लाखको गहना दिइयो फिर्ता

धनकुटामा टेम्पुमा छुटेको ७ लाखको गहना दिइयो फिर्ता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा दशैंको टिका लगाउँन जाँने क्रममा टेम्पुमा छुटेको ७ लाख मूल्य बराबरको गरगहना र नगद सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ । भोजपुरको अरुण गाउँपालिका–१ का अनिल गौतम र उनकी श्रीमती मनिता दाहालले टेम्पुमा छुटेको सात तोला बराबरको सुनका गरगहना र २८ हजार नगद फिर्ता पाएका हुन् । सिधुवाका ट्राफिक प्रहरी रामचन्द्र कटुवालले खोजतलास गरी उनीहरुको गरगहना र न...
सहिदभूमिबाट अबैध काठ बरामद

सहिदभूमिबाट अबैध काठ बरामद

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–५ खोकुबाट प्रहरीले अबैध काठ बरामद गरेको छ । खोकुको तीन ठाउँबाट १ सय ७१ क्यूफिट काठ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोकु पुछारको बनबाट सालको काठ अवैध रुपमा चिरानी गरी निकासी गर्न खोकुदेखि घोङ्टाङ जाने कच्ची सडकमा निकालेको अवस्थामा ३०.५५ क्यूफिट (९० थान) काठ फेला परेको छ । त्यस्तै, खोकु पुछारस्थित माझिटेन बनमा सालको रुख काटेर अवैध रुपमा निकासी ...
२०७८ असोज २९ गते शुक्रवारको राशिफल

२०७८ असोज २९ गते शुक्रवारको राशिफल

ई.सं.२०२१ अक्टोबर १५ नेपाल सम्बत ११४१ कौलाथ्व असोज शुक्ल दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज शुक्ल दशमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शूल योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः०३ बजे, सूर्यास्त साँझ ५ः३५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ह...
error: Content is protected !!