- संगालोखबर सम्वाददाता

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले धनकुटाको विकासलाई प्रदेश सरकारले सधै प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । मुख्यमन्त्री बनेपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागि हुँन धनकुटा आएका मुख्यमन्त्री आचार्यको सम्मानमा एमाले धनकुटाले सोमबार बिहान गरेको स्वागत कार्यक्रममा बोल्दै आचार्यले धनकुटालाई सधै विकासमा प्राथमिकता दिने बताएका हुन् ।

Advertisement

प्रदेशको राजधानीका लागि सक्षम दावेदार भएरपनि धनकुटा प्रदेश राजधानी हुँन नसकेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश १ को महत्वपूर्ण जिल्ला भएकाले धनकुटा विकासमा सधै प्राथमिकतामा पर्ने बताए । उनले धनकुटा अस्पताललाई स्तरोन्नती गरी शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजना पनि सुनाए । हिले–छिन्ताङ्ग सडकलाई पनि स्तरोन्नती गरिने उनले बताए ।

फरक प्रशंगमा उनले प्रदेश सभाबाट विश्वासको मत पाउँने आशा व्यक्त गरे । उनले अन्य दलहरु पनि प्रदेश सरकारमा सहभागि हुँन सक्ने भएकाले सरकारले केही मन्त्रालय खाली राखेको जानकारी दिए । विश्वासको मत पाएर यही सरकारले निरन्तरता पाएमा प्रदेशको विकासले गति लिने दावी पनि गरे ।

कार्यक्रममा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईले जिल्लाको विकासका लागि ध्यान दिन मुख्यमन्त्री आचार्यको ध्यानाकर्षण गराएका छन् । उनले जिल्लामा बाढी पहिरो प्रभावितका लागि प्रदेश सरकारले दिने भनेको बजेट अहिलेसम्म नदिईदा समस्या भएको भन्दै तत्काल बजेट निकासा गर्न मुख्यमन्त्रीसमक्ष माग गरे ।

जिल्लामा बसाइसराई मुख्य समस्याको रुपमा रहेको भन्दै उनले यसलाई रोक्ने कार्यक्रम ल्याउँन प्रदेश सरकारलाई आग्रह पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!