रक्सी खाएर हेल्मेट नलगाई स्कूटीमा तीन जनाको यात्रा, ट्राफिकलाई ‘घुस’ दिँदा पक्राउ
उदयपुर । उदयपुरमा ट्राफिक नियम उल्लंघन गरी सवारी कुदाउँदै गर्दा चेकिङ्गमा परेका व्यक्तिले ट्राफिक प्रहरीलाई घुस खुवाउँन खोज्दा पक्राउ परेका छन् । ट्राफिक प्रहरीलाई पैसा दिएर उम्कन खोज्ने उदयपुरको बेलका नगरपालिका–५ का प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरको टोलीले बुधबार साँझ बेलका–५ घुम्नेस्थित मदन भण्डारी लोकमार्...


























