- संगालोखबर सम्वाददाता
फायल तस्वीर

धनकुटा । भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोशीमा पुगेर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । प्याराग्लाइडिङ खस्दा धरान उपमहानगरपालिका–१ का ४८ बर्षीय रोशन अधिकारी घाइते भएका हुन् ।

भेडेटारस्थित बुद्ध बिहारबाट आइतवार दिउँसो प्याराग्लाइडिङ उडेको थियो । दिउँसो करिब २ बजे उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोचस्थित सप्तकोशी नदीको किनारमा प्याराग्लाइडिङ खसेको प्रहरीले जनाएको छ । बर्षासँगै आएको हावाहुरीका कारण प्याराग्लाइडिङ दुर्घटना भएको बताइएको छ ।

Advertisement

उदयपुरको कोठु अस्थाई प्रहरी पोष्टबाट प्रहरी घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ढाडमा गम्भीर चोट लागेका अधिकारीको प्रतिष्ठानमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!