
धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाल पत्रकार महासंघ धनकुटा शाखालाई एक लाख रुपैयाँ बरबरको ल्यापटप ब्याग वितरण गरको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी धनकुटाका क्रियाशील पत्रकारहरूलाई ब्याग वितरण गरिएको हो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड धनकुटा शाखाका प्रमुख एवम् कोशी पहाडी क्लस्टर हेड भेषराज कटेलले नेपाल पत्रकार माहासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासलाई ब्याग हस्तान्तरण गरेका हुन् ।

ब्याग वितरण गर्दै कटेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पत्रकारहरूका लागि सहयोग गरिएको बताए । उनले पत्रकारहरूलाई जीवन बीमा गर्न आग्रह गरे ।
रिलायबल इन्स्योरेन्समा जीवन बीमा गर्दा क्यान्सर, ब्रेन स्ट्रोक, दुवै मिर्गौला फेल, कलेजो प्रत्यारोपण लगायत १५ बढी घातक रोगको उपचारमा सहयोग हुने उनले जानकारी दिए ।
जोखिम न्यूनिकरणसँगै फजुल खर्च कटौती गरेर नियमित बचतमार्फत आफ्नो भविष्यमा आइपर्ने आर्थिक जोखिमलाई न्यूनिकरण गर्न बीमा गर्नुपर्ने कटेलले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 

















