संगालोखबर सम्वाददाता
तस्वीर सौजन्य: कुमार बस्नेत

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–३ बुधबारेमा आज दिउँसो अरिङ्गालले टोकेर एक बृद्ध गम्भीर घाइते भएका छन् । दिउँसो करिब १२ बजे घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा स्थानीय ७० बर्षीय डम्बर बहादुर अधिकारी घाइते भएका हुन् ।

घाँस काट्ने क्रममा अरिङ्गालको गोलोमा छुईदा बिच्किएका दर्जनौं अरिङ्गालले बृद्ध अधिकारीको अनुहार, घाँटी, हात, खुट्टा लगायत शरिरका बिभिन्न भागमा टोकेको बताइएको छ । गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो ।

Advertisement

जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला अस्पतालका प्रमुख डा.पुजन विश्वकर्माले जानकारी दिए । ‘उहाँलाई दर्जनौं अरिङ्गालले टेकेर रक्ताम्मे बनाएको रहेछ,’ डा.विश्वकर्माले भने, ‘यहाँ आउँदा वेहोस अवस्थामा हुनुहुन्थ्यो, हामीले अलिक स्टेबल बनाएर घोपा रिफर गरेका छौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!