संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ छ नम्बर बुधबारेस्थित गढेरीमा गएराती पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ । छ जना घाइते छन् ।

राती करिब १२ बजे माथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिरोले पुर्दा राती घरमा सुतिरहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दिपक कुमार रायले संगालोखबरलाई जानकारी दिए ।

Advertisement

घर पुरिँदा ६० बर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ बर्षीय नाति विनोद, ५ बर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ बर्षीय संजीव श्रेष्ठ, ३८ बर्षीया लक्ष्मी श्रेष्ठ र ७ बर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा परी घाइते भएका ३१ बर्षीय भेषबहादुर श्रेष्ठ, २९ बर्षीया लिला श्रेष्ठ र ५४ बर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर छ । त्यस्तै, ३३ बर्षीय उषा श्रेष्ठ, ११ बर्षीय संजाल श्रेष्ठ र २८ बर्षीय चन्द्रकुमार श्रेष्ठ पनि घाइते भएका छन् ।

लगातारको बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण घाइतेहरुलाई उपचारका लागि पठाउँन समस्या भएको छ । सडकमार्गबाट उपचारका लागि पठाउँन समस्या भएपछि नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टरबाट घाइतेहरुलाई काठमाडौं पठाउँने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

धनकुटा पहिरो अपडेट: सडक अवरुद्ध हुँदा घाइतेलाई उपचारमा लैजान समस्या, हेलिकप्टर आउँदै

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!