संगालोखबर सम्वाददाता

विराटनगर । निरन्तरको बर्षाका कारण सुनसरीको दुहवीस्थित विद्युत प्राधिकरणको सबस्टेसन डुवानमा पर्दा प्रदेश १ मा विद्युत अवरुद्ध भएको छ । डुबानका कारण धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा मंगलबार साँझबाट विद्युत अवरुद्ध भएको हो ।

Advertisement

प्राधिकरणका अनुसार सबस्टेसनको नियन्त्रण कक्ष डुवानमा परेको छ । हालसम्म सवस्टेशनको मुख्य उपकरणमा क्षति पुगेको छैन । पानी बढेर उपकरणहरुमा क्षति पुगेमा प्रदेश १ मा केही दिन विद्युत अवरुद्ध हुँने बताइएको छ । अहिले पानी पर्न रोकिएको छ । अहिले सबस्टेसनभित्रको पानी हटाएर विद्युत सूचारु गर्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको छ । काबेली करिडोरमा जोडिएका झण्डै १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि अवरुद्ध भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!