संगालोखबर सम्वाददाता

झापा । झापाको शिवसताक्षी नगरपालिकाबाट जुवा खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शिवसताक्षी–९ स्थित जितेन्द्र शाक्यको घरमा जुवा खेलिरहेको अवस्थामा छापा मारेर प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा स्थानीय ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र ३७ बर्षीय सुरेश लिम्बु छन् । गएराती ९ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

जुवाको खालबाट ३ बुङ तास र १ लाख ७३ हजार ५ सय नगद बरामद भएको छ । पक्राउ परेका चारै जनाविरुद्ध कारबाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!