संगालोखबर सम्वाददाता


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८, सिफलमा कुमारी बैंकले शाखा विस्तार गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले सिफलमा शाखा कार्यालय खोलेर बैंकिङ सेवा प्रदान गर्न थालेको हो । योसँगै बागमती प्रदेशमा कुमारी बैंकका ८४ शाखा भएका छन् ।

नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधा दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीयलाई व्यवसाय वृद्धिमा वित्तीय सहयोग गर्ने जनाएको छ ।

Advertisement

विगत २० वर्षदेखि सञ्चालन हुँदै आएको कुमारी बैंकले देशव्यापी १९६ शाखा संजाल, १७३ एटीएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिङ इकाईमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!