मंसिरदेखि विद्युतको नयाँ महसुल

मंसिरदेखि विद्युतको नयाँ महसुल

काठमाडौं । विद्युत् नियमन आयोगले मंसिरदेखि लागु हुने गरी उपभोक्ता विद्युत महसुल दर सार्वजनिक गरेको छ। आयोगले नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरे बमोजिम नयाँ दर लागु गरेको हो। सरकारको नीति, प्राधिकरणको वित्तीय अवस्था एवं उपभोक्ता हितलाई मध्यनजर गर्दै उपभोक्ता महसुल निर्धारण गरेको जनाएको छ। आयोगले बुधबार पत्रकार सम्मेलन गरी निम्न वर्गलाइ लक्षित गर्दै २० युनिटसम्मका उपभोक्तालाई डिमान्ड शुल्क छ...
२०७८ कात्तिक ११ गते बिहीवारको राशिफल

२०७८ कात्तिक ११ गते बिहीवारको राशिफल

ई.सं.२०२१ अक्टोबर २८ नेपाल सम्बत ११४१ कौलागा कात्तिकक कृष्ण सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण सप्तमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुनर्वसु नक्षत्र, साध्य योग, बव करण । नेपालमा सूर्योदय बिहान ६ः११ बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फ...
धनकुटाका सात वटै पालिकामा सकियो एमाले अधिवेशन

धनकुटाका सात वटै पालिकामा सकियो एमाले अधिवेशन

धनकुटा । धनकुटाका सात वटै पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट धनकुटा, पाख्रीवास र महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी, साँगुरीगढी, चौविसे र सहिदभूमि गाउँपालिकामा एमालेको नयाँ नेतृत्व चयन भएको हो । बुधबार अपरान्हसम्ममा जिल्लाका तीन नगरपालिका र चार गाउँपालिका गरी सात वटै पालिकामा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको एमाले धनकुटाका प्रचार बिभाग प्रमुख भेषराज कटेलले जा...
एमाले पालिका अधिवेशन: सहिदभूमिमा पनि जुट्यो सहमति, सर्वसम्मत नेतृत्व चयन

एमाले पालिका अधिवेशन: सहिदभूमिमा पनि जुट्यो सहमति, सर्वसम्मत नेतृत्व चयन

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा पनि नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई दिनदेखिको रस्साकस्सीपछि अन्ततः बुधबार अपरान्ह सहमति जुटेर नीरबहादुर राईको अध्यक्षतामा ७५ सदस्यीय एमाले सहिदभूमि गाउँपालिका कमिटी गठन गरिएको हो । समितिको उपाध्यक्षमा मातृका राई, सचिबमा हेमकुमार राई, उप–सचिवमा फडिन्द्र थापा र बलिन्द्र राई चयन भएका छन् । एमालेले मंगलबार देशभर पालिका अधिवेशन आयोजना गरेको हो...
धनकुटामा एमाले पालिका अधिवेशन: चार पालिकामा सर्वसम्मत, दुईमा मतदान, एकमा अन्यौल

धनकुटामा एमाले पालिका अधिवेशन: चार पालिकामा सर्वसम्मत, दुईमा मतदान, एकमा अन्यौल

धनकुटा । धनकुटाका सात मध्ये छ वटा पालिकामा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट धनकुटा, पाख्रीवास र महालक्ष्मी नगरपालिका तथा छथर जोरपाटी, साँगुरीगढी र चौविसे गाउँपालिकामा एमालेको नयाँ नेतृत्व चयन भएको हो । सहिदभूमि गाउँपालिकामा भने सहमति जुट्न ढिलाई हुँदा नेतृत्व चयन हुँन वाँकी छ । एमालेले मंगलबार देशभरका ७५३ वटै पालिकामा अधिवेशन आयोजना गरेको हो । मंगलबार राती र बुधबार बिहानसम्ममा...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

विराटनगर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा घोषणा गरेकी हुन् । बैठकलाई संबोधन गर्दै उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताएकी छन् । उनले बागमती प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने आश्यकता पनि औ...
गाडीको ठक्करबाट निलगाईको मृत्यु

गाडीको ठक्करबाट निलगाईको मृत्यु

सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृत अवस्थामा परेको हो । सडक पार गर्ने क्रममा सवारी साधनले ठक्कर दिँदा निलगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । चालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सब ड...
९४ तोला चाँदीसहित एक जना पक्राउ

९४ तोला चाँदीसहित एक जना पक्राउ

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–३ छालगाछीबाट ९४ तोला चाँदीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय धर्वेन्द्र शर्मा छन् । गएराती प्रहरी चौकी महादेवाबाट खटिएको टोलीले बिल नभएको चाँदीसहित शर्मालाई पक्राउ गरेको हो । चाँदी तार बनाइएको अवस्थामा थियो । पक्राउ परेका शर्मालाई चाँदीसहित आवश्यक कारवाहीका लागि मुल भन्सार कार्यालय पठाइएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ...
६ महिनापछि खुल्यो स्मार्ट लाइसेन्सको नयाँ आवेदन

६ महिनापछि खुल्यो स्मार्ट लाइसेन्सको नयाँ आवेदन

काठमाडौं । कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को परीक्षाका लागि नयाँ आवेदन खुला भएको छ । यातायात व्यवस्था विभागले झन्डै ६ महिनापछि अनलाइनमार्फत पुनः नयाँ आवेदन खुला गरेको हो । कोभिड–१९ को दोस्रो चरणको महामारी फैलिएसँगै गत १६ वैशाखदेखि लाइसेन्सको नयाँ अनलाइन आवेदन बन्द भएको थियो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सोमबारदेखि...
पाइला-पाइलामा ठगिँदै उपभोक्ता, गम्भीर छैन सरकार

पाइला-पाइलामा ठगिँदै उपभोक्ता, गम्भीर छैन सरकार

काठमाडौं । नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर, त्यस विपरीत व्यापारी-व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था गरेको उपभोक्ताको मौलिक हकका लागि सरकारको कुनै पनि गम्भी...
२०७८ कात्तिक १० गते बुधवारको राशिफल

२०७८ कात्तिक १० गते बुधवारको राशिफल

ई.सं.२०२१ अक्टोबर २७ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, सिद्ध योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ ५ः२३ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनिया मुखमा राखेर जुनसकै दिशाको यात्रा ...
महालक्ष्मी ३ का वडाध्यक्ष थापा माओवादी परित्याग गरी एमालेमा प्रवेश

महालक्ष्मी ३ का वडाध्यक्ष थापा माओवादी परित्याग गरी एमालेमा प्रवेश

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.३ का वडाध्यक्ष भरत थापा नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । आज जितपुरमा आयोजित नेकपा एमाले महालक्ष्मी नगर कमिटीको प्रथम नगर अधिवेशनमा थापा एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राई, नेताहरु इन्द्रमणी पराजुली, टंक चुवान, पर्शुराम नेपाल, मञ्जु अधिकारी, दिपक बुढाथोकी लगायतले फुलमाला र अविर लगाएर वडाध...
अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा मृत्यु

अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा मृत्यु

तेह्रथुम । तेह्रथुममा अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा म्यान्छयायेम गाउँपालिका–२ पौठाकका ३० बर्षीय नेत्र बहादुर लिम्बु छन् । बिहानको राती पौने ३ बजे उनको घरदेखि करिव १ किलोमिटर पूर्वमा रहेको उतिसको रुखमा अरिङ्गाल झार्ने क्रममा लिम्बु रुखबाट लडेका थिए । रुखबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
धरानबाट गाँजासहित धनकुटाका राई पक्राउ

धरानबाट गाँजासहित धनकुटाका राई पक्राउ

सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ सूर्यमार्गबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँघुरीगढी गाउँपालिका घर भई धरानमा डेरा गरी बस्ने २७ बर्षीय किरण भनिने हेमन्त राई छन् । गएराती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको कोठाबाट २५० ग्राम गाँजा बरामद गरेको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इलाममा झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

इलाममा झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

इलाम । इलामको देउमाई नगरपालिका–५ बारुङमा आज झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ बर्षीय कमल तामाङ छन् । बिहान ६ बजे तामाङले आफ्नै घरभित्र परिवारका सदस्यहरु राखेका धामी बसेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ बर्षीया सीता तामाङ र १६ बर्षीया छोरी शिक्षाको घाँटी र शरीरका विभिन्न भागमा टोक्दा उनीहरुको मृत्यु भएको हो । घटन...
आज देशभर एमालेको पालिका अधिवेशन

आज देशभर एमालेको पालिका अधिवेशन

धनकुटा । नेकपा एमालेले आज देशभर पालिका अधिवेशन गर्दैछ । देशभरका ७ सय ५३ वटै पालिकामा एकैसाथ अधिवेशन हुँने एमालेले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे भर्चुअल माध्यमबाट देशभरका अधिवेशनहरु एकैसाथ उद्घाटन गर्ने कार्यक्रम छ । एमालेको विधान अनुसार पालिकामा अध्यक्ष, उपाध्यक्ष, सचिब र दुई सहसचिब गरी पाँच सदस्यीय पदाधिकारी निर्वाचित हुँनेछन् । पदाधिकारीसहित गाउँ तथा नगरपालिकामा ७५, उ...
शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्त...
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन, राष्ट्रियसभामा रिक्त पद, प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको विषयमा सरकारसँग छलफल गरेको छ । प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्त र सचिवसहितको टोलीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी विभिन्न तहमा रिक्त पदको उपनिर्वाचन र आगामी स्थानीय तहको निर्वाचनका विषयमा छलफल गरेको हो । आयोगको प्रस्त...
२०७८ कात्तिक ९ गते मंगलवारको राशिफल

२०७८ कात्तिक ९ गते मंगलवारको राशिफल

ई.सं.२०२१ अक्टोबर २६ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण षष्ठी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण षष्ठी तिथी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, शिव योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ६ः१० बजे, सूर्यास्त साँझ ५ः२४ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सख्खर वा गुण खाएर जुनसकै दिशाको यात्रा गरेपनि शु...
धनकुटामा ट्रक दुर्घटना

धनकुटामा ट्रक दुर्घटना

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेस्थित कोशी लोकमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख ७७८६ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका सह–चालक संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३४ बर्षीय संगम पौडेल र धर्मदेवी–३ का ३० बर्षीय तिलकुमार पौडेल घाइते भएका छन् । घाइते सह–चालक पौडेलको अवस्था गंभीर रहेको प्रहरीले जनाएको छ । घाइ...
भक्तपुरको दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुरको दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा बिपन्न विरामीलाई लक्षित गरी केएमसीको दुवाकोट अस्पतालमा सोमबारदेखि दुई दिने शिविर आयोजना गरिएको हो । काठमाडौंको सिनामंगलस्थित केएमसीले भक्तपुरको चागुनारायण नगरपालिका–२ स्थित दुवाकोटमा पनि अस्पताल सञ्चालन गर्दै आएको छ । सोही अस्पतालमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रमम...
कुमारी बैंक र रोडीयो क्याफेबीच सम्झौता, कार्डबाट भुक्तानी गर्दा छुट पाइने

कुमारी बैंक र रोडीयो क्याफेबीच सम्झौता, कार्डबाट भुक्तानी गर्दा छुट पाइने

काठमाडौं । काठमाडौंको खुसिबूस्थित रोडीयो क्याफे एण्ड बार प्राइभेट लिमिटेडमा ग्राहकहरुले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाउँने भएका छन् । ग्राहकहरुलाई छुट दिने बिषयमा कुमारी बैंक लिमिटेड र क्याफेबीच सम्झौता भएको हो । कुमारी बैंकका मार्केटिङ्ग प्रमुख नवीन मुनि बज्राचार्य र रोडीयो क्याफ एण्ड बारका निर्देशक सुचित्रा महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौत...
धनकुटाका ६० वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व (नामावलीसहित)

धनकुटाका ६० वटै वडामा एमालेको सर्वसम्मत नेतृत्व (नामावलीसहित)

धनकुटा । नेकपा एमालेको शनिवार र आइतवार सम्पन्न वडा अधिवेशनबाट धनकुटाका ६० वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । धनकुटाका ५९ वडामा शनिवार र एउटा वडामा आइतवार वडा अधिवेशन गरिएको हो । एमालेले देशभर शनिवार वडा अधिवेशन तोकेको थियो । तर बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा भने अधिवेशनको मिति हेरफेर भएको छ । पहिरोले घर पुर्दा चौविसे गाउँपालिका–१ छ नं.बुधबारेका सात जनाको मृत्यु भएको थियो, पाँच जना घाइत...
अपडेटः पाँचथर बस दुर्घटनामा मृत्यु हुँनेको संख्या ४ पुग्यो

अपडेटः पाँचथर बस दुर्घटनामा मृत्यु हुँनेको संख्या ४ पुग्यो

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सखरखण्डेमा बस दुर्घटना हुँदा मृत्यु हुँनेको संख्या ४ पुगेको छ । बस चालकसहित ६१ जना घाइते छन् । पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–६ का ७ बर्षीय प्रज्वल मगर, इलामका ३४ बर्षीया प्रमिला देवान, उनका ७ महिने छोरा निश्चलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्य...
पाँचथरको फिदिममा बस दुर्घटना, दुई जनाको मृत्यु, ६३ घाइते

पाँचथरको फिदिममा बस दुर्घटना, दुई जनाको मृत्यु, ६३ घाइते

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सगरखण्डेमा आज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ६३ जना घाइते भएका छन् । पाँचथरबाट झापा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस बिहान करिब ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भई उपचारका लागि समर्पित अस्पताल पुर्याइएका एक वालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान खुल्न वाँकी छ । ६३ मध्ये १५ भन्दा बढी घाइतेको अवस्था गम्...
बोरामा ५३ किलो गाँजा बोकेर जंगलमा हिडिरहेका परियार पक्राउ

बोरामा ५३ किलो गाँजा बोकेर जंगलमा हिडिरहेका परियार पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका–६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजासहित आज एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार छन् । बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उनलाई बोरामा गाँजा बोकेर जंगलमा हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका परियारको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भीरबाट लडेर पत्रकार राईको मृत्यु

भीरबाट लडेर पत्रकार राईको मृत्यु

विराटनगर । भीरबाट लडेर पत्रकार किसन राईको मृत्यु भएको छ । गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–८ पंखु खोलामा लडेर राईको मृत्यु भएको हो । गाडी रोकेर शौच गर्ने क्रममा भीरबाट लड्दा राई घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् ।
८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति

८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति

  काठमाडौं । गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भिœयाउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको हो । मन्त्रालय प्रवक्ता प्रकाशकुमार सन्जेलले बेमौसमी वर्षाले कारण सातवटा प्रदेशका विभि...
२०७८ कात्तिक ८ गते सोमवारको राशिफल

२०७८ कात्तिक ८ गते सोमवारको राशिफल

ई.सं.२०२१ अक्टोबर २५ नेपाल सम्बत ११४१ कौलागा कात्तिक कृष्ण पञ्चमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, कार्तिक कृष्ण पञ्चमी तिथी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, परिधि योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ६ः०९ बजे, सूर्यास्त साँझ ५ः२५ बजे हुनेछ । आज जन्म लिने बच्चाको वृष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्...
धनकुटाको साँगुरीगढीमा ६ हजार ५ सय बोट गाँजा फडानी

धनकुटाको साँगुरीगढीमा ६ हजार ५ सय बोट गाँजा फडानी

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा प्रहरीले आइतवार गाँजा खेती फडानी गरेको छ । साँगुरीगढी–७ तपचुवाको करिब १० रोपनी क्षेत्रफलमा लगाइएको ६ हजार ५ सय बोट गाँजा फडानी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी सहायक निरीक्षक गजेन्द्र घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले गाँजा खेति फडानी गरी जलाएर नष्ट गरेको हो । धनकुटाको सहिदभूमिसहित बिभिन्न क्षेत्रम...
प्रदेश सभा बैठक स्थगित, कात्तिक १५ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

प्रदेश सभा बैठक स्थगित, कात्तिक १५ गते मुख्यमन्त्रीले विश्वासको मत लिने

विराटनगर । आइतवार दिउँसोका लागि तय भएको प्रदेश १ को प्रदेश सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठक सार्न लिखित रुपमा माग गरेकाले बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनका लागि आइतवार दिउँसो साढे १२ बजे बैठक डाकिएको थियो । तर, बैठक नै नबसी प्रदेश सभा सचिवालयले सूचना जारी गरेर बैठक स्थगित ...
error: Content is protected !!