विराटनगर । आज देशभर नेकपा एमालेको वडा अधिवेशन हुँदैछ । आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन आयोजना गरिएको हो ।
माले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ वडा अधिवेशनहरुको उद्घाटन गर्ने कार्यक्रम छ । बाढी पहिरोबाट बढी प्रभावित भएका बाहेक सबै वडाहरुमा वडाअधिवेशन हुँने एमालेले जनाएको छ ।
वडा अधिवेशनपछि कात्तिक ९ गते देशभर पालिका अविधेशन गर्ने एमालेको तयारी छ । एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।