- संगालोखबर सम्वाददाता

सुनसरी । अविरल बर्षाका कारण आज दिउँसो खसेको पहिरोले घर पुर्दा धरानमा दिदी–भाईको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोले घर पुर्दा धरान उप–महानगरपालिका–१३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु र छोरा ४ बर्षीय निहानको मृत्यु भएको हो ।

Advertisement

दिउँसो करिब पौने २ बजे माथीबाट खसेको पहिरोले राईको १ तले टिनको छाना भएको घर पुरेको छ । घरभित्र रहेका दिदी–भाई पनि पहिरोमा पुरिएका हुन् ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली गएको थियो । पहिरो पन्छाएर खोजी गर्ने क्रममा दिउँसो साढे ३ बजे दुबै बच्चा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!