- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको चिचिला गाँउपालिका–३ केराबारीस्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको डब्लुवी ११ टीसी ०२९६ नम्बरको मिल्लर गाडी पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारतको बिहार का ३५ बर्षीय श्याम झा र सोही गाडीमा सवार भारतको युपीका ४० बर्षीय श्रीनिवास सिंह छन् ।

गएराती ८ बजे घोलेको गिटी र सिमेन्ट पुर्याएर फर्कने क्रममा गाडी अनियन्त्रित भई करिव १५० मिटर तल खसेको थियो । दुर्घटनामा दुबै जना गंभीर घाइते भएका थिए । जिल्ला अस्पताल खाँदबारीमा उपचारका क्रममा आज बिहान ६ बजे उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!