- संगालोखबर सम्वाददाता
तमोर नदी । फाइल तस्वीर

धनकुटा । अविरल बर्षाका कारण बाढी आउँदा तमोर नदीले खतराको सतह पार गरेको छ । मंगलबार साँझ ५ बजे मुलघाटस्थित तमोर नदीमा जल मापन केन्द्रले गरेको मापनमा नदीले खतराको सतह पार गरेको पाइएको हो ।

नदीमा पानीको सतह निकै बढेपछि प्रशासनले नदी तटिय क्षेत्रमा बसोवास गर्नेहरुलाई सतर्कता अपनाउँन आग्रह गरेको छ । बर्षा भइरहेकाले तमोर नदीको तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउँन अपिल गरिएको धनकुटाका प्रहरी प्रवक्ता दिपक कुमार रायले जानकारी दिए ।

Advertisement

सोमबार साँझदेखि धनकुटामा अबिरल बर्षा भइरहेको छ । निरन्तरको बर्षाले बिभिन्न स्थानमा क्षति पुर्याएको छ । लगातारको बर्षाका कारण लेउती खोलामा उर्लिएको बाढीले साँगुरीगढी–६ घण्टे नजिक सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध छ । कोशी राजमार्गका दर्जनौं स्थानमा पहिरो खसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!