संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–१ छ नम्बर बुधबारेस्थित गढेरीमा गएराती पहिरोले घर पुर्दा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लैजान समस्या भएको छ । बर्षाका कारण भेडेटार–छ नंम्बर बुधबारे सडक खण्डका बिभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा घाइतेहरुलाई उपचारका लागि लैजान समस्या भएको हो ।

गएराती करिब १२ बजे माथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुर्दा उनीसहित घरमा सुतेका ६ जनाको मृत्यु भएको छ । पहिरोले पुर्दा ६० बर्षीय भीमबहादुरसहित उनका ९ बर्षीय नाति विनोद, ५ बर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ बर्षीय संजीव श्रेष्ठ, ३८ बर्षीया लक्ष्मी श्रेष्ठ र ७ बर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

घटनामा परी ३१ बर्षीय भेषबहादुर श्रेष्ठ, २९ बर्षीया लिला श्रेष्ठ, ५४ बर्षीया गणितकुमारी श्रेष्ठ, ३३ बर्षीया उषा श्रेष्ठ, ११ बर्षीय संजाल श्रेष्ठ र २८ बर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका छन् । घाइते मध्ये भेषबहादुर, लिला र गणितकुमारीको अवस्था गम्भीर छ । तरपनि आज दिउँसोसम्म उनीहरुलाई अस्पताल पुर्याउँन सकिएका छैन । स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको सामान्य उपचार गरिदैछ ।

सडकमार्गबाट घाइतेहरुलाई उपचारका लागि पठाउँन समस्या भएपछि नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टर मगाइएको धनकुटाका प्रहरी प्रमुख एसपी नकुल पोखरेलले संगालोखबरलाई बताए । तर, आज दिउँसोसम्म पनि हेलिकप्टर आइपुगेको छैन । गएराती भएको घटनाका घाइतेलाई अझै पनि अस्पताल पुर्याउँन नसकिदा उनीहरुको उपचारमा समस्या भएको हो ।

यो पनि हेर्नुहोस्…

धनकुटामा पहिरोले घर पुर्दा छ जनाको मृत्यु

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!