- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटा नगरपालिका–१ हिलेस्थित आर्मी ब्यारेक नजिक कार दुर्घटना भएको छ । हिलेबाट सिंधुवातर्फ जाँदै गरेको को १ च ७४०३ नम्बरको कार र सिधुंवाबाट धरानतर्फ जाँदै गरेको बा ११ च २०५८ नम्बरको कार एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा बा ११ च २०५८ नम्बरको कार चालक तेह्रथुमको छथर गाउँपालिका–६ का ४४ बर्षीय खगेन्द्र कटुवाल घाइते भएका हुन् । उनको ढाडमा चोट लागेको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुबै कार र को १ च ७४०३ नम्बरको कारका चालक स्थानीय अनित अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!