- संगालोखबर सम्वाददाता

तेह्रथुम । तेह्रथुममा श्रीमान–श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ । श्रीमती घाइते भएकी छन् । श्रीमतीसँगको झगडामा छथर गाउँपालिका–३ ज्यामिरेका ५४ बर्षीय गोबिन्द बहादुर लिम्बुको मृत्यु भएको हो । झगडामा श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बु घाइते भएकी छन् ।

मादक पदार्थ सेवन गरेका उनीहरुबीच गएराती करिब ९ बजे आफ्नै घरमा आपसमा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको कारण खुलेको छैन । वादविवादका क्रममा उनीहरुबीच कुटाकुट भएको हो । कुटाकुटका क्रममा टाउकोमा चोट लागेर दुबै जना घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि छथर अस्पताल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा राती पौने १ बजे श्रीमान गोबिन्द बहादुरको मृत्यु भएको हो । श्रीमती भक्त कुमारीलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!