संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–५ खोकुबाट प्रहरीले अबैध काठ बरामद गरेको छ । खोकुको तीन ठाउँबाट १ सय ७१ क्यूफिट काठ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

खोकु पुछारको बनबाट सालको काठ अवैध रुपमा चिरानी गरी निकासी गर्न खोकुदेखि घोङ्टाङ जाने कच्ची सडकमा निकालेको अवस्थामा ३०.५५ क्यूफिट (९० थान) काठ फेला परेको छ । त्यस्तै, खोकु पुछारस्थित माझिटेन बनमा सालको रुख काटेर अवैध रुपमा निकासी गर्न राखेको अवस्थामा ६८.२६ क्युफिट काठ फेला परेको छ । चिरानी ८० र गोलिया ५६ थान काठ भेटिएको हो ।

यता, खोकु पुछारको बनबाट ७२.९७ क्युफिट सालको काठ प्रहरीले नियन्त्रणमा लिएको छ । सालको काठ अवैध रुपमा चिरानी गरी निकासी गर्न राखेको अवस्थामा १७३ थान चिरान काठ फेला परेको प्रहरीले जनाएको छ ।

तीन वटै स्थानबाट प्रहरी चौकी आँखिसल्लाको टोलीले काठ फेला पारेको हो । अबैध रुपमा काठ कटान गर्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!