- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

विराटनगर । देशभर आज र भोली वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदैछ ।

हरेक वर्ष कात्तिक ३ र ४ गते भिटामिन ए र जुकाको औषधि खुवाइदै आएको थियो । तर, यस पटक सो अवधिमा दशैं परेकाले औषधि खुवाउँने म्याद केही दिन पछि धकेलिएको हो । देशभरका ७५३ वटै पालिकामा यो कार्यक्रम सञ्चालन हुँनेछ ।

वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँन जाँदा कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!