संगालोखबर
साङ्केतिक तस्बिर

झापा ।  झापाको कमल गाउँपालिका-५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका अनुसार आन्तरिक विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर जवान सुदिम खत्रीको मृत्यु भएको हो ।

Advertisement

सुनसरीको इटहरी उपमहानगरपालिका-१३ घर भएका ३० वर्षीय खत्रीलाई बिहीबार साँझ करिब ५ बजे गणभित्र विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सशस्त्रका अनुसार मृतक खत्रीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट तालिम लिएका थिए । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!