Avatar photoRabin Katel

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा दमकललाई ‘हाईअलर्ट’ मा राखिएको छ । सुक्खायाम सुरु भएकाले आगलागी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दमकललाई ‘हाईअलर्ट’ मा राखेको हो ।

Advertisement

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र कार्यालयको अनुगमन गरेर आगलागीको सिजन सुरु भएकाले दमकललाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् । आगलागीको खबर आएको एक सेकेन्ड पनि ढिलो नगरी घटनास्थल पुगेर आगो निभाउन मेयर कोइरालाको निर्देशन छ ।

वारुणयन्त्र व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका महानगर प्रहरी प्रमुख राजन पौडेलले मेयर कोइराला समक्ष महानगरका तीनवटै दमकल चुस्तदुरुस्त अवस्थामा रहेको जानकारी गराए । विराटनगर महानगरसँग ५ हजार लिटर क्षमताका दुईवटा र ३ हजार लिटर क्षमताको एउटा दमकल छ ।

५ हजार लिटर क्षमताका दुई दमकल पुष्पलालचोकमा राख्ने गरिएको छ भने ३ हजार लिटर क्षमताको दमकल विराटनगर-१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राख्ने गरिएको छ ।

महानगरले दमकलमा पानी भर्न केही महिना अघि सन्सारीमाईस्थानमा डिप बोरिङको व्यवस्था मिलाएको छ ।

हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारीमाईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र ७-८ ठाउँबाट पानी भर्ने व्यवस्था मिलाइएको मेयर कोइरालाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement