Avatar photoRabin Katel

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्र कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् ।

Advertisement

झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन उद्घाटन कार्यक्रममा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् । पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेका बेला कोशी प्रदेश सरकारले यसको नियन्त्रणका लागि ‘महाअभियान’ सञ्चालन गर्ने तयारी गरेको थियो । सोही योजना अनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त गर्ने मन्त्री खत्रीले घोषणा गरेका हुन् ।

कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पी निर्यात भइरहेको छ । युरोपबाट पनि छुर्पीको माग भइरहेको छ । तर, खोरेत नियन्त्रण नभएका कारण ती देशहरूमा छुर्पी निर्यात हुन सकिरहेको छैन । अहिले कोशी प्रदेशका छ जिल्लामा खोरेत रोगको संक्रमण देखिएको छ । मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र ओखलढुङ्गामा खोरेतको संक्रमण देखिएको छ  ।

‘कोशी प्रदेशबाट ७ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी र ७ अर्ब जतिको चिज विदेश निर्यात भएकाले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखिन्छ,’ मन्त्री खत्रीले भने, ‘यसले कृषि र पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ।’ खोरेत नियन्त्रणका लागि सञ्चालन गरिने तीन वर्षे अभियानका लागि ६० करोड रुपैयाँ खर्च लाग्ने कृषि मन्त्रालयको अनुमान छ ।

फरक प्रसङ्गमा मन्त्री खत्रीले प्रदेशका १४ जिल्लामध्ये ६ जिल्लामा अझै पशु सम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिँदै ती जिल्लामा भवन निर्माणका लागि पहल गर्ने बताए । प्रदेश सरकारको एक करोड ७१ लाख ८७३ को लगानीमा झापाको भद्रपुरमा भवन निर्माण गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement