रबिन कटेल

धनकुटा । धनकुटाको मूलघाट नजिक गएराती माइक्रोबस दुर्घटना हुँदा कम्तिमा १८ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सङ्खुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परी कम्तिमा १८ जना यात्रु घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । ‘घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ, गाडीमा सवार अधिकांश यात्रु घाइते छन्,’ प्रहरी निरीक्षक शाहले संगालोखबरसँग भने, ‘कम्तिमा १८ जना यात्रु घाइते छन्, घाइतेको संख्या यकिन हुँन केही समय लाग्छ ।’

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । केही घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी छ । माइक्रो सडकबाट करिब ८० फिट तल खसेको छ ।

 

माइक्रोबस दुर्घटना अपडेटः धनकुटा र धरानमा २० घाइतेको उपचार हुँदै (नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement