रबिन कटेल

धनकुटा । धनकुटा नगरपालिका-९ च्याङच्याङवारीस्थित कोशी राजमार्गमा गएराती माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । धनकुटा जिल्ला अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घाइतेहरूको उपचार भइरहेको छ ।

Advertisement

माइक्रोमा चालकसहित २१ जना यात्रु सवार थिए । जसमध्ये एक बाहेक सबै घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट संखुवासभाको खाँदबारीका लागि छुटेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस राती करिब २ बजे मूलघाट नजिक दुर्घटनामा परेको हो । माइक्रो सडकबाट करिब ८० फिट तल खसेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाको कारण खुलेको छैन । भक्तपुरको सुर्यविनायक-९ घर भएका चालक ४६ वर्षीय हरीसरण आले घटनापछि प्रहरीको नियन्त्रणमा छन् । दुर्घटनामा परी चालक आले पनि सामान्य घाइते छन् ।

गम्भीर घाइतेलाई धनकुटा अस्पतालबाट धरान पठाइदै । तस्वीर सौजन्य: सन्तवीर लामा

दुर्घटनामा धनकुटा-१ का ५५ वर्षीय गंगराम गोम्देन, ४५ वर्षीय कल्पना तामाङ, साँगुरीगढी-९ का ३९ वर्षीय सूर्य राई, धनकुटा-८ की ३३ वर्षीय रविता राई, ३५ वर्षीय रञ्जना राना मगर र मोरङको बेलबारी-११ घर भएका सह-चालक २५ वर्षीय अम्बर सुवेदी घाइते भएका छन् ।

संखुवासभाको खाँदबारी-९ की ५९ वर्षीय दुर्गादेवी राई, खाँदबारी-१ की ३५ वर्षीय अल्का भण्डारी, उनका ७ वर्षीय छोरा आशिष, सोही स्थानकी २७ वर्षीय अनुरा मास्के, ३१ वर्षीय विजय श्रेष्ठ, संखुवासभाको पाँचखपन-६ का ३९ वर्षीय सुमन श्रेष्ठ, भोटखोला-४ का ३५ वर्षीय लविना राई घाइते भएका छन् ।

भोजपुरको सडानन्द-५ का ६४ वर्षीय कृष्णबहादुर दाहाल, चितवनको कालिका-६ का ३७ वर्षीय प्रविण घिसिङ, काठमाडौंका ४२ वर्षीय सृजना गुरुङ, ५० वर्षीय सिता राई, ५८ वर्षीय रत्न राना मगर र ४३ वर्षीय कविता राई घाइते भएका छन् ।

गम्भीर घाइते आठ जनालाई उपचारका लागि धरान पठाइएको छ भने बाँकी घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यसअघि प्रकाशित…

धनकुटामा माइक्रोबस दुर्घटना

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement