रबिन कटेल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आज बिहान जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुलहासहित ३२ जना घाइते भएका छन् ।

Advertisement

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४ स्थित पिस्कर जादै गरेको बा ४ ख ५६१६ नम्बरको बस बिहान करिब ७ः३० बजे सिन्धुपाल्चोकको तौथलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुल्न बाँकी छ । घटनामा दुलहा पनि घाइते भएका छन् । उनीहरूलाई उपचारका लगि खाडीचौरस्थित सहाबहार अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा लगिदै छ ।

अहिले दुर्घटना स्थानमा प्रहरी टोली पुगेर घाइतेलाई उद्धारको काम भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement