संगालोखबर संवाददाता

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विजुकुमार थपलिया नियुक्त भएका छन् । यसैगरी, मध्यपश्चिम विश्वविद्यालयमा प्रा. डा. ध्रुवकुमार गौतम नियुक्त भएका छन् ।

Advertisement

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले थपलिया र गौतमलाई मंगलबार उपकुलपतिमा नियुक्त गरेका हुन् । थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् भने गौतम त्रिवि योजना निर्देशनालयका निर्देशक हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा सिफारिस समितिले नन्दबहादुर सिंह, देवबहादुर खड्का र प्रा. डा. धुव्रकुमार गौतमलाई सिफारिस गरेको थियो । उपकुलपति छनोट गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा उपकुलपति छनोट तथा सिफारिस समिति गठन भएको थियो । उक्त समितिले पूर्वाञ्चलमा थपलिया, महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!