संगालोखबर संवाददाता

धनकुटा । धनकुटा नगरपालिकाले लेखा परीक्षण प्रतिवेदन, वार्षिक साधारणसभाको प्रतिवेदन लगायत पेश नगरेका सहकारी संस्थाहरूलाई पत्राचार गरेको छ ।

Advertisement

नगरपालिकाले बैशाख १६ गते सहकारीहरूलाई पत्राचार गर्दै १५ दिनभित्र सबै विवरण पेश गर्न भनेको हो । २०८० पुस मसान्तभित्रमा विवरण पेश गरिसक्नुपर्ने भएपनि केही सहकारी संस्थाहरूले विवरण पेश नगरेको जनाएको छ ।

यसरी विवरण पेश नगर्ने सहकारीमा समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उद्यमी महिला तथा बचत ऋण सहकारी संस्था लिमिटेड र पशुपति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् ।

यस्तै, विवरण नबुझाउनेमा घलेडाँडा बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड, तमोर जुनेली कृषि सहकारी संस्था लिमिटेड र धनकुटा नगरपालिका एभोकाडो कृषक सहकारी संस्था लिमिटेड छन् ।

बुझाउनुपर्ने विवरण समयमा किन नबुझाएको हो, चित्त बुझ्दो जवाफ र कारण खुलेको स्पष्टीकरणसहित सूचना प्रकाशित भएको १५ दिनभित्र सम्पूर्ण विवरणहरू पेश गर्न सहकारीहरूलाई भनिएको छ ।

समयमा विवरण नबुझाए कानुनी प्रक्रिया अगाडि बढाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!