संंगालोखबर सम्वाददाता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थानीय विषयको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Advertisement

२०७८ सालमा लागू गरिएको स्थानीय विषयको पाठ्यक्रम अधुरो रहेको भन्दै त्यसलाई परिमार्जन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको शिक्षा शाखाका नानीराम आचार्यका अनुसार संघीयताको अनुभूति दिने गरी जातजाति, भाषाभाषी, संस्कृतिलाई समेत समेटेर पाठ्यक्रम परिमार्जनको प्रक्रिया सुरु गरिएको हो ।

पहिलेको स्थानीय विषयको पाठ्यक्रममा समग्र नगरपालिकाको विषयमात्र समेटिएको उल्लेख गर्दै उनले अब जातजाति, भाषाभाषी, संस्कृति समेत पाठ्यक्रममा समेटिने जनाए ।

आचार्यका अनुसार परिमार्जन गरिने पाठ्यक्रममा हरेक वडामा छुट्टाछुट्टै विषय रहनेछन् । परिमार्जन प्रक्रियाका लागि वैशाख १४ र १५ गते सहजकर्ताहरूलाई तालिम दिइएको नगरपालिकाले जनाएको छ ।

स्थानीय पाठ्यक्रमबारे सुझबुझ भएका र सक्षम विद्यालय व्यवस्थापन समिति अध्यक्ष, मावि तथा आधारभूत तहका प्रधानाध्यापक तथा शिक्षकलाई सहजकर्ताको तालिम दिइएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!