इलाम । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी बनेका छन् । मंगलबार बिहान जारी उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार नेम्वाङ २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका हुन् ।

Advertisement

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका हुन् ।

२०८० भदौ २७ मा पूर्व सभामुख तथा पूर्व संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ रिक्त थियो ।

अन्तिम परिणाम अनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेको विरोधमा आन्दोलित पूर्वका जनजातिहरुका साझा उम्मेदवार थिए, पहिचानवादी नेता डकेन्द्र सिं थेगिम । उनले ११ हजार ४५७ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० मत पाए । २०७९ को निर्वाचनमा रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए ।

निर्वाचन कार्यालय, इलामका अनुसार इलाम २ मा फाकफोकथुमका ७, चुलाचुली र माङसेवुङका ६र६, माई नगरका ३, देउमाईका ९ र इलाम नगरको वडा नम्वर १० वाहेकका ११ वटा वडा सम्मिलित छन् । कुल मतदाता १ लाख १५ हजार ८ सय ८९ रहेको यो क्षेत्रमा करिव ६९ हजार २ सय ८७ मत खसेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!