संगालोखबर संवाददाता


इलाम । मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका–४ मा भएको भ्यान दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार झापाबाट इलाम आइरहेको मे १ ज ३२६३ नम्बरको मारुती भ्यान दुर्घटना भएको हो ।

दुर्घटनामा देउमाइ–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान दुर्घटनामा केही यात्रु घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने काम भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरेको जनाइएको छ । भ्यानमा कति यात्रु थिए भन्ने यकिन भइसकेको छैन । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!