संगालोखबर संवाददाता

विराटनगर । सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्कँदा बुधबार साँझ स्थानीय बासिन्दाका १० वटा घर जलेर नष्ट भएका छन् । आगोले घरसहित अन्न, कपडालगायत धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement

थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किएर क्षति भएको हो । आगलागीमा परी स्थानीय बासिन्दाका केही चौपाया समेत जलेका छन् ।

थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा आगलागीबाट स्थानीय पूर्णबहादुर अधिकारी, बुद्धिमाया चर्मकार, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यसैगरी, स्थानीय उत्तरकुमार राई, बडीसुवा राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरीले जनाएको छ ।

सोलुकै नेचासल्यान गाउँपालिका–२ डिटीमा आगलागीमा परी दुईवटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ । प्रहरीका अनुसार स्थानीय ज्ञानबहादुर खत्रीका दुईवटा घर र एउटा खोर जलेर नष्ट भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!