संगालोखबर संवाददाता


विराटनगर । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको उपाधि एभरेष्ट स्कुलले जितेको छ । प्रतियोगितामा जनता माध्यामिक विद्यालय इटहरी द्वितीय र सगरमाथा स्कुल विराटनगरले तृतीय स्थान हासिल गरेका छन् ।

प्रथम हुने विद्यालयले ११ हजार रुपैयाँसहित प्रमाणपत्र पाएको छ । यसैगरी, दोस्रो हुनेले ७ तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र पाएका छन् ।

Advertisement

प्रतियोगिताका विजेता विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, काँबरा ग्रुपका प्रबन्ध निर्देशक नवलकिशोर काँबरा, श्याम काँबरा, प्रतियोगिता सञ्चालक सन्देशदास श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष गौरव कणर्लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतियोगिताको फाइनलमा ६ वटा विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक श्रीयम सुवेदीले जानकारी दिए । २८ वर्षदेखि टेष्टीटेष्टी विस्कुटको प्रायोजनमा उक्त प्रतियोगिता सञ्चानल हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!