संगालोखबर संवाददाता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लोकतन्त्रको रक्षा गर्न पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो अधिवेशनको बुधवार विराटनगरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सञ्चारकर्मीहरूले अझ बढी भूमिका खेल्नुपर्ने उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकारिता क्षेत्रले खेलेको सकारात्मक भूमिकाले नै मुलुकको समृद्धि र विकासमा सहयोग पुगेको बताए ।

केन्द्रीय सदस्य अमर काफ्लेले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल ठुलो चुनौती बन्दै गएको बताउँदै यसलाई आकर्षण थलो बनाउने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले श्रम ऐन कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा १४ जिल्लाका अध्यक्ष तथा प्रदेशका प्रतिनिधिहरूको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!