विराटनगरमा प्रहरी हवल्दारको मृत्यु

विराटनगरमा प्रहरी हवल्दारको मृत्यु

विराटनगर । विराटनगरमा प्रहरी हबल्दारको मृत्यु भएको छ । रोलकलका क्रममा अचानक बिरामी परेका हबल्दार बैजुकुमार सहनीको मृत्यु भएको हो । विराटनगर-६ घर भएका हबल्दारको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहनी भोजपुरको दोभाने देउराली दरबन्दी भई कोशी प्रदेश प्रहरी गण विराटनगरमा सवारी चालकका रूपमा कार्यरत थिए । प्रहरीका अनुसार गणका प्रमुख (एसपी) बाट रोलकल लिने क्रममा साँझ ७ः३०...
धनकुटामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मालपोत प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनकुटामा सरकारी जग्गा व्यक्तिको नाममा गर्ने तत्कालीन मालपोत प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनकुटा । धनकुटामा सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको  छ । मालपोत कार्यालय धनकुटाका तत्कालीन प्रमुख सुरेश थपलियासहितका कर्मचारी र जग्गाधनी मिलेर सरकारी सम्पत्ति हिनामिना गरेको ठहर गर्दै अख्तियारले आइतबार आरोपपत्र दर्ता गरेको हो । अख्तियारले तत्कालीन मालपोत प्रमुख थपलिया, शाखा अधिकृत टंकप...
राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन भंग भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बोर्डले युनियन भंग गरेको हो । युनियनका अध्यक्ष राजु आलियाले आज जारी गरेको सूचना अनुसार यो युनियन आजैदेखि भंग भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरूमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मि...
विराटनगरमा घर निर्माण प्रदर्शनी : स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल

विराटनगरमा घर निर्माण प्रदर्शनी : स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरस्थित जैन भवनमा जारी प्रदर्शनीको चौथो दिनको थिमेटिक सेसनमा स्मार्ट घर र आधुनिक जीवनशैलीबारे छलफल भएको छ । आजको थिमेटिक सेसनको ‘विद्युतीय सुरक्षा र ऊर्जा दक्षता’ सत्रमा बोल्दै इन्जिनियर वसन्त राज ओझाले विद्युतीय उपकरणको चयन र खरिद गर्दा उक्त उपकरणबारे पर्याप्त जानकारी भए सो कुराले ऊर्जा जोगाउन भूमिका खेल्ने बताए । उनले ऊर्जा दक्षताका लागि उपयुक्त ...
ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज प्रहरीलाई अनुसन्धानका लागि अनुमति दिएको हो । सरकारी वकिल कार्यालयले उनीहरूलाई १० दिन हिरासतमा राख्न माग गरे पनि अदालतले प्रारम्भिक रूपमा ५ द...
नेकपा संसदीय दलको नेतामा ‘प्रचण्ड’ चयन

नेकपा संसदीय दलको नेतामा ‘प्रचण्ड’ चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट गरी कुल १७ सिट जितेको थियो । संसदीय दलको नेता चयन प्रक्रिया सकिएलगत्तै अहिले पे...
अध्यक्ष ओली पक्राउको विरोधमा धनकुटामा एमालेको प्रदर्शन

अध्यक्ष ओली पक्राउको विरोधमा धनकुटामा एमालेको प्रदर्शन

धनकुटा । धनकुटामा नेकपा एमालेले प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि देशभरसँगै धनकुटामा पनि एमालेले प्रदर्शन गरेको हो । आज प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेर एमालेले धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा सरकारले राजनीतिक प्रतिशोधका आधारमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाइएको छ । ...
तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्ति छानबिन प्रक्रिया अघि बढाइएको हो । यसै अनुसन्धानको सिलसिलामा प्रहरीले आज बिहान पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता ...
जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा एमालेको प्रदर्शन

जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा एमालेको प्रदर्शन

विराटनगर । नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पक्राउको विरोधमा एमालेले देशभरसँगै विराटनगरमा पनि प्रदर्शन गरेको हो । पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनमा उत्रिएका एमाले नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन् । उनीहरूले ...
विराटनगरमा तास खेलिरहेको अवस्थामा वडा सदस्य र व्यापारी पक्राउ

विराटनगरमा तास खेलिरहेको अवस्थामा वडा सदस्य र व्यापारी पक्राउ

विराटनगर । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले एक जनप्रतिनिधि र व्यापारीसहित नौ जना पक्राउ गरेको छ । शनिबार राति विराटनगरस्थित वंशी राठीको घरमा तास खेलिरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ का वडा सदस्य शेरसिंह दुगडसहित प्रतिष्ठित व्यवसायीहरू सुशील मुन्दडा, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश रा...
रमेश लेखकलाई म्याद थपका लागि अदालत लगियो

रमेश लेखकलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनामा अनुसन्धानका लागि शनिबार पक्राउ परेका उनलाई म्याद थपका लागि अदालत लगिएको हो । जेनजी आन्दोलनका क्रममा भएको झडप र दमनमा हेलचेक्र्याइपूर्वक मानिस मारिएको विषयमा गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर्‍याउँदै ज्यान मुद्दामा अनुसन्धान ग...
यस्तो छ पूर्वमन्त्री दीपक खड्का पक्राउको कारण

यस्तो छ पूर्वमन्त्री दीपक खड्का पक्राउको कारण

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई पक्राउ गरिएको छ । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई आज बिहान पक्राउ गरिएको हो । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्कालाई पक्राउ गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका...
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५० रुपैयाँ बढेर चार हजार सात सय २० रुपैयाँ कायम...
विराटनगरमा घर निर्माण प्रदर्शनी : वास्तु र इन्टेरियर डिजाइनबारे छलफल

विराटनगरमा घर निर्माण प्रदर्शनी : वास्तु र इन्टेरियर डिजाइनबारे छलफल

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको थिमेटिक सेसनमा वास्तु र इन्टेरियर डिजाइनबारे छलफल भएको छ । विराटनगरस्थित जैन भवनमा सम्पन्न तेस्रो दिनको थिमेटिक सेसनमा विज्ञहरूको उपस्थितिमा ‘स्मार्ट डिजाइन : वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ थिममा अन्तरक्रिया र छलफल भएको हो । ‘इन्टेरियर डिजाइन अवधारणा : स्पेस प्लानिङ्ग, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोल्...
धनकुटाको पाख्रीबासमा साहित्यिक वर्षा

धनकुटाको पाख्रीबासमा साहित्यिक वर्षा

धनकुटा । धनकुटाको पाख्रीबास स्थिति पर्यटकीय स्थल संसारी सिमसार क्षेत्रमा साहित्यको वर्षा भएको छ । साहित्यको उत्थान र संरक्षण गर्ने उद्देश्यले शनिबार पाख्रीबास कला साहित्य समाजको आयोजना रचना वाचन कार्यक्रम आयोजना गरिएको हो । धनकुटामा पछिल्लो समय कवि तथा साहित्यकारहरूको बाक्लो उपस्थित हुन थालेको छ । कार्यक्रममा करिब तीन दर्जन कवि तथा साहित्यकारहरूले रचना वाचन गरेको थिए । उनीहरूले गजल, मुक्तक, छन...
सरकारको शासकीय सुधार कार्यसूची : पासपोर्ट, नागरिकता र लाइसेन्स घरघरै पुर्‍याइने 

सरकारको शासकीय सुधार कार्यसूची : पासपोर्ट, नागरिकता र लाइसेन्स घरघरै पुर्‍याइने 

काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरै पुर्याउने व्यवस्था गर्ने भएको छ । एक सय दिनभित्र त्यसको व्यवस्था गरिसक्ने सरकारले लक्ष्य लिएको छ । मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा यस्तो उल्लेख गरिएको छ । सरकारले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने र त्यसमार्फत पासपोर्ट, नागरिकता प्रति...
एमालेले आज देशभरका प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै 

एमालेले आज देशभरका प्रशासन कार्यालयमा विरोधपत्र बुझाउँदै 

काठमाडौं । नेकपा एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले विरोधपत्र बुझाउन लागेको हो । पार्टीले ओलीको तत्काल रिहाइको माग गर्दै राजनीतिक र कानुनी दुवै मोर्चाबाट दबाब सिर्जना गर्ने रणनीति लिएको छ । आज मध्याह्‍न १२ बजे देशभर प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाइनेछ । पूर्वप...
विराटनगर जेसीजद्वारा परमार्थ सिङ्घिया आरतीलाई कुर्सी हस्तान्तरण

विराटनगर जेसीजद्वारा परमार्थ सिङ्घिया आरतीलाई कुर्सी हस्तान्तरण

विराटनगर । राम नवमीको अवसरमा विराटनगर जेसीजले सिङ्घिया नदी परोपकार घाटमा हुँदै आएको परमार्थ आरती लाई २१ थान कुर्सी हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सन्ध्या आरतीमा कुर्सी हस्तान्तरण गरिएको हो । विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जेसीजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र धार्मिक सांस्कृतिक संरक्षणलाई पनि समान रूपमा अघि बढाउँदै आएको बताए । परमार्थ आरतीका उपाध्यक्ष नवराज काफ्लेले आ...
कविता : अन्तरविरोधको

कविता : अन्तरविरोधको

प्रश्न गर्छु तमाम ती बाँचेका जिन्दगीसँग आखिर निष्कर्ष त म असफल हुनुमा... जवाफदेही मेरै अहंकार रहेछ मेरो शत्रु मेरै अन्तर्मन रहेछ जब आकाशको गर्भ चिरेर... मेघले कानमा गर्जन्छ तब बद्लामा झरीसँग क्रोधित हुन्छु झरीको चुटाईसँग क्रोधित हुन्छु एक सर्काे चुरोटसँगै उडाउँछु अधुरो सपनाहरू ज्वालामुखीको आवरणमा गोला आक्रोशको बारुदिय धुवाँ जस्तै थाहा होला नी ! जसरी चियाको वास्तविक स्वाद ...
विराटनगरमा एमालेको प्रदर्शन 

विराटनगरमा एमालेको प्रदर्शन 

विराटनगर । नेकपा एमालेले विराटनगरमा विरोध प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि त्यसको विरोधमा एमालेले विराटनगरमा प्रदर्शन गरेको हो । पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको छ । कोणसभालाई एमाले मोरङका उपाध्यक्ष सागर थापा, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतले सम्बोधन गरेका छन् । उनीहरूले अध...
धनकुटामा माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार

धनकुटामा माटोको ढिस्कोले पुरिएका व्यक्तिको उद्धार

धनकुटा । धनकुटामा माटोको ढिस्कोले पुरिएका व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आज बिहान १० बजे परिचय मोडस्थित सुमन श्रेष्ठको घरको जग खन्ने क्रममा धनकुटा-१० पारिपात्लेका ३५ वर्षीय रामबहादुर तामाङ माटोको ढिस्कोमा पुरिएका थिए । घटनाको जानकारी पाउनसाथ धनकुटाका प्रहरी प्रमुख एसपी शरत कुमार थापा क्षेत्रीको कमान्डमा खटिएको ३५ जनाको टोलीले उनको उद्धार गरेको हो । गम्भीर अवस्थामा उद्धार गरिएका उनको जिल्ल...
अध्यक्ष केपी शर्मा ओलीलाई बिनासर्त तत्काल रिहा गर्न एमाले कोशी प्रदेशकाे माग

अध्यक्ष केपी शर्मा ओलीलाई बिनासर्त तत्काल रिहा गर्न एमाले कोशी प्रदेशकाे माग

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । एमाले कोशी प्रदेशले अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । सरकारको यस्तो प्रतिशोधपूर्ण कार्य तत्काल बन्द नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा कथित...
एमाले सचिवालय बैठकले सार्वजनिक गर्यो विरोधका कार्यक्रम

एमाले सचिवालय बैठकले सार्वजनिक गर्यो विरोधका कार्यक्रम

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।  पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा बैठकले चार वटा निर्णय गरेको हो । आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको छ । एमाले सचिव महेश बस्नेतका अनुसार आज अपराह्‍न ३ बजे जनसंगठनहरूको तर्फबाट प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गर्न...
पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

विराटनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनको विषयलाई लिएर ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको हो । भक्तपुरको गुण्डुस्थित निवासबाट ओली र भक्तपुरको कटुञ्जेस्थित निवासबाट लेखकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विराटनगरको नेपाल बिजनेश कलेजले लाइभ कन्सर्ट गर्दै

विराटनगरको नेपाल बिजनेश कलेजले लाइभ कन्सर्ट गर्दै

विराटनगर । विराटनगरको नेपाल बिजनेश कलेजले आगामी अप्रिल १० तारिखमा लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ । जैन भवनमा हुने कार्यक्रममा ‘एमटि ८८४८’ ब्यान्डको प्रस्तुती रहने कलेजले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो शैक्षिक पाठ्यक्रमको प्रयोगात्मक अभ्यासका रूपमा यो कार्यक्रम आयोजना गर्न लागेका हुन् । कन्सर्टको यो तेस्रो संस्करण हो । कलेजकी निर्द...
यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का चार निर्णय

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चार वटा निर्णयहरू गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक गर्दै उनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ तथा यसअघि...
मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

विराटनगर । दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला परेको छ । खराब मौसमका कारण उक्त हेलिकप्टर लप्ची गुम्बानजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको हो । मौसम खराबीका कारण लप्चीमा आकस्मिक अवतरण गरिएको अवस्थामा हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ । उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइप...
मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन भएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओ हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उक्त क्षेत्रबाट सम्पर्कविहीन भएको हो । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यस विषयमा थप विवरण आउन बाँकी छ ।
बालेनलाई बधाई दिँदै भारतका प्रधानमन्त्री मोदीले के भने ?

बालेनलाई बधाई दिँदै भारतका प्रधानमन्त्री मोदीले के भने ?

विराटनगर । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई बधाई दिएका हुन् । ‘नेपालको प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई’, उनले लेखेका छन् । उनले बालेनको नियुक्ति नेपाली जनताले नेतृत्वमा राखेको विश्वासको प्रतिविम्ब भएको ...
प्रधानमन्त्री बालेन्द्रलाई पूर्वप्रधानमन्त्री ओलीले दिए बधाई

प्रधानमन्त्री बालेन्द्रलाई पूर्वप्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले नवनियुक्त प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई’, उनले फेसबुकमा लेखेका छन्, ‘नवनियुक्त सम्माननीय प्रधानमन्त्र...
मोरङ, झापा र सुनसरीबाट पन्छीजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध

मोरङ, झापा र सुनसरीबाट पन्छीजन्य पदार्थको ओसारपसारमा प्रतिबन्ध

विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि प्रशासनले उच्च सतर्कता अपनाउँदै पन्छीजन्य पदार्थको ढुवानीमा रोक लगाएको छ । रोग पुष्टि भएका क्षेत्रहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अघि बढाइएकाले संक्रमण थप फैलिन नदिन प्रशासनले कडाइ गरेको हो । पशु सेवा विभागको पछिल्लो निर्णयअनुसार संक्रमण देखिएका मोरङ, झापा र सुनसरी जिल्लाहरूबाट कम्...
error: Content is protected !!