संगालोखबर
फाइल तस्बिर

विराटनगर । मोरङ, सुनसरी र झापाका विभिन्न कुखुरा फार्महरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि प्रशासनले उच्च सतर्कता अपनाउँदै पन्छीजन्य पदार्थको ढुवानीमा रोक लगाएको छ ।

रोग पुष्टि भएका क्षेत्रहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी नियन्त्रणका कार्यहरू अघि बढाइएकाले संक्रमण थप फैलिन नदिन प्रशासनले कडाइ गरेको हो ।

Advertisement

पशु सेवा विभागको पछिल्लो निर्णयअनुसार संक्रमण देखिएका मोरङ, झापा र सुनसरी जिल्लाहरूबाट कम्तीमा दुई हप्ताका लागि पन्छी, पन्छीजन्य पदार्थ साथै कुखुराको सुली ओसारपसार गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

यो रोग मानिसमा समेत सर्न सक्ने जोखिम रहेकाले गृह मन्त्रालय र पशु सेवा विभागको समन्वयमा नियन्त्रणका प्रयासहरू तीव्र पारिएको छ । इलाम, धनकुटा, पाँचथर, उदयपुर र सप्तरी जिल्लाहरूमा पन्छीजन्य वस्तु ओसारपसार र बिक्री वितरणमा रोक लगाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!