धरान उपमहानगरपालिकाको बजेट २ अर्ब २० करोड ७४ लाख

धरान उपमहानगरपालिकाको बजेट २ अर्ब २० करोड ७४ लाख

धरान । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेको छ । शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघालेले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका हुन् । महानगरले २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड...
झापामा मृत भेटियो जंगली हात्ती 

झापामा मृत भेटियो जंगली हात्ती 

विराटनगर । झापामा जंगली हात्ती मृत भेटिएको छ । मेचीनगर नगरपालिका-१ देवीगञ्जमा आज बिहान एउटा वयस्क जंगली हात्ती मृत फेला परेको हो । स्थानीयले धान खेतमा मृतावस्थामा हात्ती देखेपछि वन कार्यालयलाई खबर गरेको थिए । डिभिजन वन कार्यालय झापाका अनुसार पोथी हात्ती मृत फेला परेको हो । पोष्टमार्टमपछि हात्तीको मृत्युको कारण खुल्ने कार्यालयले जनाएको छ । शुक्रबार बेलुका सो क्षेत्रमा भारततर्फबाट करिब १२ वटा जं...
दिल्लीमा फेला परेकी नेपाली बालिकाको परिवार पहिचानका लागि अपिल

दिल्लीमा फेला परेकी नेपाली बालिकाको परिवार पहिचानका लागि अपिल

विराटनगर । भारतको दिल्लीमा एक नेपाली बालिका फेला परेकी छिन् । तर उनको नेपालमा घर कहाँ हो भनेर स्पष्ट खुल्न सकेको छैन । दिल्लीस्थित ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर बालिकाको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । संस्थाका अनुसार करिब १७ वर्षीया बालिकाले आफ्नो नाम सवाना बताएको जनाएको छ । उनले बुवाको नाम तसलिम मन्सुरी, आमा रोशन तारा, दाजुहरू नाजीम र सलिम, भाइ साजीम तथा दिदीहरू रिजावा...
धनकुटामा एमालेको जनप्रदर्शन

धनकुटामा एमालेको जनप्रदर्शन

धनकुटा । धनकुटामा नेकपा एमालेले संविधान रक्षाका लागि भन्दै जनप्रदर्शन गरेको छ । लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि संविधान दिवसको अवसर पारेर आज जिल्ला कमिटीले जनप्रदर्शन गरेको हो । ‘संविधानको रक्षा गरौँ, प्रतिगमन हुनबाट जोगाऔं, लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ, प्राप्त उपलब्धिहरूको संरक्षण गरौँ’ लगायतका नारा लगाउँदै जनप्रर्दशन गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिका गतिविधिले गण...
संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

संविधानको रक्षाका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै एक ढिक्का हुनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्न आह्वान गरेका हुन् । मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो...
एनआईसी एशिया बैंकको कामु सीईओमा विराटनगरका राठी नियुक्त

एनआईसी एशिया बैंकको कामु सीईओमा विराटनगरका राठी नियुक्त

विराटनगर । एनआईसी एशिया बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विराटनगरका सन्तोषकुमार राठी नियुक्त भएका छन् । असोज २ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले राठीलाई कामु सीईओमा नियुक्त गरिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएसँगै राठीलाई कामु सीईओको जिम्मेवारी दिइएको छ । यसअघि राठी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत थिए ।
उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

विराटनगर । उदयपुरबाट ट्याक्टर चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय सुदीप चौधरी, चौदण्डीगढी-५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दनकुमार चौधरी छन् । उनीहरूलाई आज बिहान तीन बजे त्रियुगा-१३ फुलजोरबाट ट्याक्टरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज बिहानको राति करिब १ बजे त्रियुगा नगरपालिका-१३ बहेडवाका देवनारायण चौधरीको...
विराटनगरमा कारभित्र भेटियो ५३८ किलो गाँजा

विराटनगरमा कारभित्र भेटियो ५३८ किलो गाँजा

विराटनगर । विराटनगरमा कारभित्र १५ बोरा गाँजा फेला परेको छ । गएराति विराटनगर-८ स्थित सडकमा शङ्कास्पद अवस्थामा राखिएको कार चेकजाँच गर्दा गाँजा बरामद भएको हो । मोरङ प्रहरीका निमित्त प्रवक्ता डीएसपी हस्तबहादुर सुनारका अनुसार प्रदेश १-०२-००१ च १६६६ नम्बरको कारमा चेकजाँच गर्दा १५ बोरामा ५ सय ३८ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले गाँजा बराम...
विराटनगर विमानस्थलको भीआईपी कक्षमा ताला, यात्रु कक्षबाटै आवत-जावत

विराटनगर विमानस्थलको भीआईपी कक्षमा ताला, यात्रु कक्षबाटै आवत-जावत

विराटनगर । विराटनगर विमानस्थलको भीआईपी कक्ष बन्द गरिएको छ । जेनजी आन्दोलन पश्चात नेपाल नागरिक उड्यन प्राधिकरणको निर्देशन अनुसार भीआईपी कक्ष बन्द गरिएको हो । भीआईपी कक्ष बन्द भएपछि विमानस्थलमा अनावश्यक भीड हटेको छ । विमानस्थलका अनुसार भीआईपी कक्षकै कारण सुरक्षा चुनौती थपिएको थियो । सबै यात्रु सरह सुविधा उपलब्ध हुनेगरि भीआईपी कक्ष बन्द गरिएको विमानस्थलका प्रमुख सुवास झाले जानकारी दिए । काठमाडौं ...
धनकुटामा मनाइयो संविधान दिवस (फोटो फिचर)

धनकुटामा मनाइयो संविधान दिवस (फोटो फिचर)

धनकुटा । धनकुटामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस २०८२ मनाइएको छ । बसपार्कस्थित सहिद स्तम्भमा माल्यार्पण एवम् अन्तरक्रिया कार्यक्रम गरी संविधान दिवस मनाइएको हो । धनकुटाको भिमनारायण चोकबाट सुरु भएको प्रभातफेरी भिमसेन थान, परिचय मोड, मदन चोक हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै कोशी प्रदेश सांसद इन्द्रमणि पराजुलीले नेपाली आमाबुवाका छोराछोरीले ज्यानको आहुती ...
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

विराटनगर । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । वर्तमान संविधान घोषणाको एक दशक पुरा भएको छ । संविधान दिवस २०८२ लाई आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । सरकारले देशको परिवर्तित राजनीतिक उपलब्धिको संरक्षण गर्ने म...
आन्दोलनपछि कोशी मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

आन्दोलनपछि कोशी मन्त्रिपरिषद्को पहिलो बैठक, के भयो निर्णय ?

विराटनगर । जेनजी आन्दोलनपछि कोशी प्रदेश सरकारको पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको छ । आज बसेको बैठकले पाँच लाख रुपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ । यस्तै प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । आन्दोलनका कारण भएक...
अपडेट : सुनसरी दुर्घटनामा मृत्यु हुनेको सनाखत

अपडेट : सुनसरी दुर्घटनामा मृत्यु हुनेको सनाखत

विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-३ पुलचोकमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छ । मृत्यु हुनेमा सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय सुनील यादव र सिराहाकै सखुवानान्कारकट्टी-३ की ४५ वर्षीया धनेश्वरीदेवी यादव छन् । आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रो...
विराटनगरको भाटभटेनी ध्वस्त हुँदा पाँच सय कर्मचारीको रोजगारी संकटमा

विराटनगरको भाटभटेनी ध्वस्त हुँदा पाँच सय कर्मचारीको रोजगारी संकटमा

विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको विराटनगरको भाटभटेनी केहीदिनसम्म जलिरह्यो । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि सरसफाइमा कर्मचारी जुटेका छन् । चाडपर्व नजिकिँदै गर्दा अन्य समयको तुलनामा किनमेल गर्न आउने उपभोक्ताको सङ्ख्यामा पनि वृद्धि हुन्थ्यो । कर्मचारीहरू पनि अन्य समयको तुलनामा व्यस्त हुन्थे । तर यसपटक सोचेभन्दा फरक भयो । सामान बेच्न व्यस्त हुने कर्मचारी यतिखेर भने भाटभटेन...
पार्टी नेतृत्वमा भएको कमीकमजोरी सच्याउन आवश्यक छ : मुख्यमन्त्री कार्की

पार्टी नेतृत्वमा भएको कमीकमजोरी सच्याउन आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भदौ २४ गतेको आन्दोलन जेनजीको नभएर स्वार्थ समूहको भएको बताएका छन् । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगर भेला कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गर्दै जेनजीको भ्रष्ट...
सुनसरीमा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु, २२ जना घाइते 

सुनसरीमा रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु, २२ जना घाइते 

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ खुनिया पुल नजिकै रोकेर राखेको ट्रकमा बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा २२ जना घाइते भएका सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । पुरुषको जिल्ला अस्पताल इनरुवा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु ...
धनकुटाका छत्रमानको राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टी

धनकुटाका छत्रमानको राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टी

धनकुटा । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका धनकुटाका छत्रमान कुथुमी राईको अन्त्येष्टी गरिएको छ । पाख्रीबास नगरपालिका-१० चुङमाङका ६४ वर्षीय राईको बुधबार राष्ट्रिय झण्डा ओढाएर अन्त्यष्टी गरिएको हो । भदौ २३ गते मृत्यु भएका राईको शव नेपाली सेनाको हेलिकप्टर मार्फत गृहजिल्ला ल्याइएसँगै किरात संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । सो क्रममा जेनजी धनकुटा समूहले अन्तिम श्रद्धाञ्जली दि...
खोटाङमा युवतीको हत्या आरोपमा एक जना पक्राउ

खोटाङमा युवतीको हत्या आरोपमा एक जना पक्राउ

विराटनगर । खोटाङमा एक युवतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दिप्प्रुङ चुइचुम्मा गाउँपालिका-४ की २७ वर्षीया रेस्मिका सिवा परियारको हत्या आरोपमा छिमेकी दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । ‘कर्तव्य ज्यान मुद्दामा जाहेरी परेपछि शंकास्पद एक जनालाई पक्राउ गरेका छौँ’, खोटाङका प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले संगालोखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ । पोष्टमार्टम रिपोर्ट...
बाह्य शक्तिको चलखेलमा सरकार गठन भयो : नेपाल कम्युनिस्ट पार्टी

बाह्य शक्तिको चलखेलमा सरकार गठन भयो : नेपाल कम्युनिस्ट पार्टी

धनकुटा । वर्तमान सरकारमा बाह्य शक्तिको हस्तक्षेप र चलखेल भएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आरोप लगाएको छ । बुधबार धनकुटामा  पत्रकार सम्मेलन गर्दै सुशीला कार्की नेतृत्वको वर्तमान सरकार विदेशी हस्तक्षेपको उपज भएको धारणा राखेको हो । जेनजी आन्दोलनको आडमा बनेको सरकारले मुलुकको समस्या र युवाको आकाङ्क्षा सम्बोधन गर्न नसक्ने विप्लव नेतृत्वको पार्टीले जनाएको छ । नेपाल क...
नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, मोरङ आए कबित कटुवाल

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ । उनको ठाउँमा कबित कटुवाल आएका छन् । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाको स्थानमा केशव कुमार थेवे आएका छन् । प्रहरी महानिरीक्षकको भदौ ३१ को निर्णयअनुसार नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा हुँदा १४ जिल्लाका प्रहरी प्रमुखहरू परिवर्तन भएका हुन् । सप्तरीमा गौतम कुमार केसी, कास्कीमा नवीन कार्की र ...
आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना, दिनभरी झरी

विराटनगर । आज विराटनगरसँगै देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज देशका धेरै ठाउँमा दिनभरी झरी पर्ने सम्भावना छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ । गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो प...
कोशी सरकारका १८ भवन, ६४ चारपाङ्ग्रे र १४४ मोटरसाइकल पूर्णरूपमा क्षति

कोशी सरकारका १८ भवन, ६४ चारपाङ्ग्रे र १४४ मोटरसाइकल पूर्णरूपमा क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारका १८ भवन पूर्णरूपमा क्षति भएका छन् । प्रदेश सरकार मातहतमा रहेका ४२ वटा भवनमध्ये २४ वटामा तोडफोड भइ आंशिक क्षति पुगेको छ । यस्तै प्रदेश सरकार मातहत रहेका २३७ वटा सवारी साधनमा क्षति पुगेको छ । जसमध्ये ७५ वटा चारपाङ्ग्रे सवारीसाधन मध्ये ६४ वटा पूर्णरूपमा क्षति भएका र ११ वटामा आंशिक क्षति पुगेको प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको भनाइ छ । यसै...
जेनजी आन्दोलनमा ध्वस्त इटहरीको यातायात कार्यालय विद्यार्थीद्वारा सफाइ

जेनजी आन्दोलनमा ध्वस्त इटहरीको यातायात कार्यालय विद्यार्थीद्वारा सफाइ

सुनसरी । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका कारण सिर्जित फोहर व्यवस्थापनमा विद्यार्थीहरूले सक्रियता देखाएका छन् । यसै क्रममा विद्यार्थीहरूको एक समूहले इटहरीको यातायात कार्यालयको सरसफाइ गरेको छ । ‘सेभ द अर्थ फ्रम ए टू जेड’ (एसेज) नामक विश्वविद्यालयस्तरका विद्यार्थीहरूको सङ्गठनले जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएको यातायात व्यवस्था कार्यालय इटहरीको फोहर सफा गरेको हो । स...
जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको न्यायिक छानबिन गर्नुपर्ने बताएका छन् । नेकपा एमाले मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालको इतिहासमा अकल्पनीय र दुःखद घटना भएको बताउँदै यसको न्यायिक छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन् । उन...
कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

कक्षा १२ को स्थगित पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा सञ्चालन गर्ने भएको छ । बोर्डले जेनजी आन्दोलनका कारण स्थगित भएको पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको हो । यसअघि भदौ २८ र २९ गते परीक्षा सञ्चालन गर्ने तालिका थियो । बोर्डले सार्वजनिक गरेको नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषय मात्र भएकाहरूको लागि सबै विषयको परीक्षा हुने बोर्डले जनाएको छ । यस्तै दुई विषयम...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक हजार नौ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य ...
जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका छत्रमानको शव धनकुटा ल्याइयो

जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका छत्रमानको शव धनकुटा ल्याइयो

धनकुटा । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका छत्रमान कुथुङ्मीको शव गृहजिल्ला धनकुटा ल्याइएको छ । पाख्रीबास-१० चुङ्माङ घर भएका ६० वर्षीय कुथुङ्मीको शव मंगलबार साँझ सेनाको हेलिकप्टर मार्फत गृहजिल्ला ल्याइएको हो । उनको पहिचान खुलेपछि छोरा सुवासले शव बुझेका थिए । पोष्टमार्टम पश्चात् काठमाडौंबाट विराटनगर हुँदै शव धनकुटा पुर्‍याइएको छ । धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले...
आज विश्वकर्मा पूजा

आज विश्वकर्मा पूजा

विराटनगर । आज पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा गरी यो दिवस मनाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति ...
सुन्दरहरैँचामा घर निर्माणका क्रममा दुर्घटना हुँदा महिलाको मृत्यु, तीन जना घाइते

सुन्दरहरैँचामा घर निर्माणका क्रममा दुर्घटना हुँदा महिलाको मृत्यु, तीन जना घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार आज साँझ मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा बेलबारी नगरपालिका-९ डाँगीहाटकी ४८ वर्षीय देवकुमारी राजवंशीको मृत्यु भएको हो । याङ्गलले लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस...
जेनजी आन्दोलनमा मोरङका १५५ सरकारी तथा निजी संरचनामा क्षति

जेनजी आन्दोलनमा मोरङका १५५ सरकारी तथा निजी संरचनामा क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा मोरङका विभिन्न सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ । भदौ २४ गतेको आन्दोलन अराजक बन्दा विभिन्न कार्यालयमा लुटपाट, तोडफोड तथा आगजनी हुँदा ठूलो क्षति भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार ७३ वटा सङ्घीय कार्यालयमध्ये २१ वटामा क्षति भएको छ । यस्तै ३९ वटा प्रदेश कार्यालयमध्ये १४, स्थानीय पालिका भवन १० र ५८ वटा वडा कार्यालयमा क्षति पुगेको ...
बालेनले हर्क साम्पाङलाई भने– ‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिन’

बालेनले हर्क साम्पाङलाई भने– ‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिन’

विराटनगर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्न नछाड्ने बताएका छन् । आज केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले एकतर्फी भएपनि माया गर्न नछाड्ने बताएका हुन् । हर्कले सामाजिक सञ्जालबाटै आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरिरहेका थिए । हर्कले लगातार गाली गरेपछि बालेनले स्टाटस लेख्दै हर्कलाई फकाउन खोजेका छन् । ‘डियर हर्क ...
error: Content is protected !!