विराटनगरको जुवाखालमा प्रहरीको छापा, ८५ हजार नगदसहित चार जना पक्राउ

विराटनगरको जुवाखालमा प्रहरीको छापा, ८५ हजार नगदसहित चार जना पक्राउ

विराटनगर । विराटनगर-१४ जतुवाबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । बुधबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ८५ हजार नौ सय ८५ रुपैयाँ नगदसहित चार जना पक्राउ परेका हुन् । घरधनी ४५ वर्षीय राजेश रञ्जितकार सहित स्थानीय सानु खवास, प्रशान्त थापा र विराटनगर-१६ का कैलाश डङ्गोललाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनीहरूको साथबाट न...
अर्थमन्त्री खनाल साधारण यात्रुहरू जस्तै विमानस्थलबाट बाहिरिए

अर्थमन्त्री खनाल साधारण यात्रुहरू जस्तै विमानस्थलबाट बाहिरिए

विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल बुधबार विराटनगर आए । विमानस्थलबाट अन्य यात्रु सरह नै उनी बाहिरिए । विमानस्थलबाट बाहिरिँदा र विमानस्थलमा प्रवेश गर्दा भीआईपी कक्षको प्रयोग नगरी खनाल साधारण यात्रु सरह नै लाइनमा लागेका हुन् । उनी विमानस्थलबाट बाहिरिएपछि विभिन्न कार्यक्रममा जानका लागि साधारण निजी गाडीको प्रयोग गरे । उनको स्वागतका लागि विमानस्थलमा भीडभा...
धनकुटाको बिहीबारे हटियामा किनबेच गर्नेको घुइँचो (फोटो फिचर)

धनकुटाको बिहीबारे हटियामा किनबेच गर्नेको घुइँचो (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा दशैँ लक्षित किनमेल गर्नेको घुइँचो लागेको छ । हटियामा गाउँघरबाट खसीबोका, कुखुरा, हाँस, सुँगुर, खाद्यान्न, लत्ताकपडा लगायत बिक्रीका लागि ल्याइएको छ । साप्ताहिक लाग्ने हटिया भएपनि दशैँको किनमेलका कारण अत्यधिक भीडभाड छ ।   तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
सुनसरीबाट १० किलो गाँजा बरामद

सुनसरीबाट १० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट प्रहरीले १० किलो गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १२ः२० बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सडक छेउको झाडीबाट बोरामा पोको पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा ओसारपसार भइरहेको सूचना पाए...
सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो । बुधबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन आज दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बुधबार सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँ...
धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

धनकुटा । धनकुटामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरूको सहजताका लागि आज बसपार्कमा सहायता कक्ष स्थापना गरिएको हो । धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले यात्राका क्रममा हुने समस्या समाधान गर्न सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने बताए । चाडपर्वको समयमा यात्रुहरूलाई सहजरूपमा गन्तव्यमा पुर्याउन सहायता कक्ष स्थापना गरिएको धनकुटाका ट्राफिक प्रमुख मनोज कुमार खड्काले जानक...
इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु 

इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु 

विराटनगर । सुनसरीको इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१६ का ४२ वर्षीय रामकुमार चौधरी छन् । बुधबार राति करिब ११ः२० बजे विराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । प्रहरीका अनुसार बुधबार राति ९ः३० बजे लेनदेन विवाद हुँदा सोही स्थानका ५५ वर्षीय लाले चौधरीले रामकुमारलाई कुटपिट गर...
धनकुटामा बजार अनुगमन, जफत भएको अखाद्य बस्तु नष्ट

धनकुटामा बजार अनुगमन, जफत भएको अखाद्य बस्तु नष्ट

धनकुटा । धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । बुधबार धनकुटा नगरपालिका-६ र ७ तथा वडा नम्बर ९ स्थित मूलघाटमा सञ्चालित ४१ वटा पसल तथा होटलहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ तथा बिस्कुट, चिप्स, आटा लगायतका अखाद्य बस्तु भेटिएका छन् । यस्तै उत्पादन मिति र समाप्त मिति नराखिएका सामग्री पनि फेला परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरी...
विराटनगरसहित मोरङका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

विराटनगरसहित मोरङका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

विराटनगर । विराटनगरसहित मोरङका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा यात्रुहरूको सहज आवागमन सुनिश्चित गर्न सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । मोरङका ट्राफिक प्रमुख राजन लम्सालका अनुसार विराटनगर बसपार्क, रानी, हाटखोला बसपार्क, लेटाङ बसपार्कसहित जिल्लाका १० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । यात्रु सहायता कक्ष छठसम्म सञ्चालन हुने र यसबाट यात्रुहरूलाई सहज हुने लम्सालले ब...
दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना

दशैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना

विराटनगर । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हेरिदिने भएकै...
धनकुटामा पानीपुरी र चटपटे खाँदा कसरी बिरामी परे विद्यार्थी ?

धनकुटामा पानीपुरी र चटपटे खाँदा कसरी बिरामी परे विद्यार्थी ?

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ चाम्चास्थित टप्पुदेवी माध्यमिक विद्यालयका १५ जना विद्यार्थी पानीपुरी र चटपटे खाएपछि बिरामी परे । मंगलबार खाजाको रूपमा चटपटे खाएका विद्यार्थीहरूमा वान्ता हुने र पेट दुख्ने समस्या देखियो । जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार पश्चात् विद्यार्थीहरू डिस्चार्ज भइसकेका छन् । विद्यालयका प्रधानाध्यापक रमेश पौडेलका अनुसार अन्य विद्यार्थी र शिक्षकशिक्षिकाले पनि च...
जेनजी आन्दोलनमा घाइते भएका सान्तनुको उपचारमा समस्या छैन : बुबा महेश

जेनजी आन्दोलनमा घाइते भएका सान्तनुको उपचारमा समस्या छैन : बुबा महेश

विराटनगर । जेनजी आन्दोलनमा भएको प्रदर्शनमा गोली लागेर घाइते भएका एक युवकको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । भदौ २३ गते इटहरीमा गोली लागेर घाइते भएका मोरङको बुढीगंगा-७ का १९ वर्षीय सान्तनु ढकालको उपचार जारी छ । उनको उपचारमा समस्या भएको भन्दै सामाजिक सञ्जालमा सहयोगको लागि अपिल गरिएका पोष्टहरू हुन थालेका छन् । तर सामाजिक सञ्जालमा फैलिएको हल्ला सत्य नभएको उनका बुबा महेश ढकालले बताए । अस्पता...
विराटनगर महानगरपालिकाले टेन्टबाट सुरु गर्यो सेवा

विराटनगर महानगरपालिकाले टेन्टबाट सुरु गर्यो सेवा

विराटनगर । विराटनगर महानगरपालिकाले अस्थायी रूपमा टेन्ट टाँगेर सेवा सुचारु गरेको छ । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा भवन ध्वस्त भएपछि आजबाट महानगरले टेन्ट टाँगेर सेवा सुरु गरेको हो । उपमेयर शिल्पा निराला कार्कीको कार्यकक्षसहित विभिन्न शाखाहरू टेन्टबाटै सञ्चालन भइरहेका छन् । स्वास्थ्य शाखा, लेखा तथा प्रशासन लगायतका शाखाबाट उपलब्ध सेवाहरू उपलब्ध हुँदै आएकोमा आजबाट न्यायिक समितिको काम पनि सुरु भ...
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा हर्क साम्पाङले खौरिए कपाल

जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा हर्क साम्पाङले खौरिए कपाल

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा कपाल खौरिएका छन् । साम्पाङले आन्दोलनमा परेर ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा आफूले केही गर्न नसके पनि उनीहरूको दुःख बोक्दै कपाल खौरिएको भाव व्यक्त गरेका छन् । ‘देशमा हालै भएको आन्दोलनमा परी ज्यान गुमाएका जेनजी तथा सुरक्षाकर्मीहरूको नाममा मैले केही गर्न सकिन होला’, कपाल खौरनु अघि उनले...
मोरङका एसपीको चेतावनी : जुवाजन्य खेल खेलाउनेलाई कारबाही गर्छौँ

मोरङका एसपीको चेतावनी : जुवाजन्य खेल खेलाउनेलाई कारबाही गर्छौँ

विराटनगर । मोरङमा जुवाजन्य खेल खेलाइएको पाइएमा कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । चाडपर्वका समयमा जुवाजन्य खेल खेलाउने क्रम बढेको भन्ने सूचनाहरू प्राप्त भइरहेको भन्दै मोरङ प्रहरीले विशेष निगरानी गरिने जनाएको हो । हालसालै मोरङ प्रहरी प्रमुखको जिम्मेबारी पाएका एसपी कवित कटवालले आज पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा यस्ता गतिविधि रोक्न सक्रिय भएर लाग्ने बताए । ‘विभिन्न स्थानमा जुवाजन्य ...
यस्ता छन् शिक्षामन्त्री पुनका तीन निर्णय 

यस्ता छन् शिक्षामन्त्री पुनका तीन निर्णय 

विराटनगर । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले पदभार ग्रहण गरेको भोलिपल्ट शिक्षा क्षेत्रमा तत्काल प्रभाव पार्ने तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् । मन्त्री पुनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू कम्प्युटर शिक्षा बाट बञ्चित नहुन भन्ने उद्देश्यले देशभरका विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने घोषणा गरेका छन् । साथै विश्वविद्यालयलाई ३ महिना...
मधेश सरकारबाट बाहिरियो काँग्रेस

मधेश सरकारबाट बाहिरियो काँग्रेस

जनकपुर ।  नेपाली काँग्रेस मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आज जनकपुरमा बसेको काँग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको हो । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए । तर फेरि कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता र समर्थन फिर्ता...
पहिरोको जोखिमले साँगुरीगढीको मोक्तेन गाउँका नौ घर स्थानान्तरण

पहिरोको जोखिमले साँगुरीगढीको मोक्तेन गाउँका नौ घर स्थानान्तरण

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मोक्तेनमा पहिरोको जोखिममा रहेका नौ घर स्थानान्तरण गरिएको छ । लगातारको वर्षापछि तलबाट पहिरोले बस्ती नै तानेपछि स्थानान्तरण गरिएको हो । केवल प्रसाद मगर, मोहन मगर, विष्णु बहादुर मगर, कुमारी मगर, राज कुमार मगर, भीम बहादुर मगर, प्रेम बहादुर मगर, रण बहादुर मगर र ज्ञान रानाको घर पहिरोको जोखिममा परेपछि स्थानान्तरण गरिएको छ । यस्तै एउटा सामुदायिक चर्च समेत पहिर...
मानव बेचबिखन मुद्दाका फरार कैदी रामधुनीबाट पक्राउ

मानव बेचबिखन मुद्दाका फरार कैदी रामधुनीबाट पक्राउ

सुनसरी । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । मानव बेचबिखन मुद्दामा कैद भुक्तान गरिरहेको रामधुनी-५ का ४० वर्षीय जोगेन्द्र ऋषिदेव पक्राउ परेका हुन् । उनलाई मंगलबार राति ७ः५० बजे पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परे...
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर द...
विराटनगरमा घरको छतबाट खसेर पुरुषको मृत्यु

विराटनगरमा घरको छतबाट खसेर पुरुषको मृत्यु

विराटनगर । विराटनगरमा घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल छन् । मंगलबार राति करिब ११ः४५ बजे तीन तलामाथिबाट खसेका उनी गम्भीर घाइते भएका थिए । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
जेनजी आन्दोलनको प्रभाव : विराटनगरका सडकमा छैनन् ट्राफिक, अस्तव्यस्त बन्दै सडक

जेनजी आन्दोलनको प्रभाव : विराटनगरका सडकमा छैनन् ट्राफिक, अस्तव्यस्त बन्दै सडक

विराटनगर । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले विराटनगरमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । केही दिनदेखि सडकमा ट्राफिक प्रहरी देखिए पनि उनीहरूले पूर्ण रूपमा काम गर्ने वातावरण नबनेका कारण सवारी व्यवस्थापनमा चुनौती थपिएको हो । कोशी प्रदेशको राजधानी सहर समेत रहेको विराटनगरमा चाडपर्व नजिकिएसँगै सवारी साधनको चाप बढ्दै गएको छ । त्यसमाथि ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या धेरै हुँदा दुर्घ...
दशैँको तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

दशैँको तेस्रो दिन : आज चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं । दशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरी मनाइँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात...
पानीपुरी र चटपटे खाँदा सहिदभूमिको टप्पुदेवी माविका १५ विद्यार्थी बिरामी

पानीपुरी र चटपटे खाँदा सहिदभूमिको टप्पुदेवी माविका १५ विद्यार्थी बिरामी

धनकुटा ।  धनकुटाको सहिदभूमी गाउँपालिका-७ चाम्चास्थित टप्पुदेवी माध्यमिक विद्यालयमा पानीपुरी र चटपटे खाँदा विद्यार्थीहरू बिरामी भएका छन् । आज दिउँसोको खाजा पानीपुरी र चटपटे खाएका १५ विद्यार्थी बिरामी परेका हुन् । १० वर्षीया सलिना राई, रश्मिका राई, १२ वर्षीय मिलन राई, ९ वर्षीय मिलन राई, ७ वर्षीय एमन राई, ९ वर्षीय  मानवी राई, १० वर्षीया समृद्धि बिष्ट र ११ वर्षीय दिपसन राई बिरामी परेका हुन् । यस्त...
विराटनगरमा ट्राफिक व्यवस्थापन सहज बनाउन युवाहरूको माग

विराटनगरमा ट्राफिक व्यवस्थापन सहज बनाउन युवाहरूको माग

विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्थानीय युवाहरूले माग गरेका छन् । जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले ट्राफिक प्रहरीको उपस्थिति न्यून हुँदा सडक अस्तव्यस्त भएको भन्दै युवाहरूले सहज बनाउन अनुरोध गरेका हुन् । सो विषयमा आज ‘विराटनगर युथ रिभोलुसन’का युवाहरूले मोरङ प्रहरी प्रमुख (एसपी) कवित कटवाललाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । युवाहरूले ट्राफिक अस्तव्यस्तता सर्वसाधा...
धनकुटा बजारमा दशैँको किनमेलका लागि उपभोक्ताको चहलपहल (फोटो फिचर)

धनकुटा बजारमा दशैँको किनमेलका लागि उपभोक्ताको चहलपहल (फोटो फिचर)

धनकुटा । धनकुटा बजारमा दशैँको किनमेलका लागि उपभोक्ताको भीड बढेको छ । गाउँघरबाट दशैँको सामान किन्न आउने उपभोक्ता बढेसँगै व्यापारीहरू पनि उत्साहित भएका छन् । सामान किनबेचका लागि आएका व्यापारी तथा उपभोक्ताका कारण बजारका मुख्य चोक तथा पसलहरूमा बाक्लो भीड लागेको छ । गाउँघरबाट खाद्यान्न, लत्ताकपडा तथा खसीबोका बेचबिखनका लागि आउनेको संख्या पनि बढेको छ । गतवर्षको तुलनामा यसवर्ष चहलपहल बढेको स्थानीय व...
विराटनगरबाट श्रोत नखुलेको १४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगरबाट श्रोत नखुलेको १४ लाख ५० हजारसहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट श्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१८ का ४१ वर्षीय विरेन्द्र साह छन् । उनको साथबाट १४ लाख ५० हजार नगद बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । आज दिउँसो १२ः४५ बजे विराटनगर-१७ स्थित मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकलमा सवार साहलाई शंका लागेर चेकजाँच...
धनकुटामा पिकअप र मोटरसाइकल ठोक्किँदा आमा-छोरा घाइते

धनकुटामा पिकअप र मोटरसाइकल ठोक्किँदा आमा-छोरा घाइते

धनकुटा । धनकुटामा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा आमा-छोरा घाइते भएका छन् । आज दिउँसो करिब १ बजे धनकुटा नगरपालिका-६ स्थित गोकुण्डेखोल नजिक दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ५१ वर्षीय लोकमणि घिमिरे र पछाडि सवार ७६ वर्षीया पार्वती घिमिरे घाइते भएका छन् । उनीहरू आमा-छोरा रहेको खुलेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि दुबै जनालाई थप उपचारका लागि बीपी कोइराला स्वास...
प्रशासन कार्यालय मोरङमा भोलिदेखि आंशिक सेवा सुचारु हुने

प्रशासन कार्यालय मोरङमा भोलिदेखि आंशिक सेवा सुचारु हुने

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले भोलिबाट आंशिक सेवा सुचारु गर्ने भएको छ । कार्यालयले आज सूचना जारी गर्दै नाबालक परिचय पत्र, जातीय सिफारिस, ठाडो उजुरी तथा पेन्सन सिफारिस सम्बन्धी सेवा सुचारु हुने जनाएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी तथा तोडफोड भएसँगै सेवा प्रवाहमा समस्या भएको छ । आगजनी हुँदा सवारी साधन, कम्प्युटर सेट, प्रिन्टर, स्क्यानर, टेबल, कुर...
विराटनगरको नोबेल अगाडि मध्यरातमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार

विराटनगरको नोबेल अगाडि मध्यरातमा फार्मेसी सञ्चालकमाथि चक्कु प्रहार

विराटनगर । विराटनगरको नोबेल अस्पताल अगाडि मध्यरातमा फार्मेसी सञ्चालकमाथी चक्कु प्रहार भएको छ । घटना आइतबार राति करिब ११ बजेको हो । विराटनगर-७ का ‘काले’ भनिने विश्वास मण्डलको समूहले मायालु फार्मेसीका सञ्चालक २५ वर्षीय सुभाष प्रसाद सिंह गनगाईमाथि चक्कु प्रहार गरेको खुलेको छ । चक्कु प्रहारबाट घाइते भएका सुभाषको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको पेटमा चक्कु प्रहार भएको छ । ‘का...
विराटनगरमा देवरद्वारा भाउजूमाथि तेजाब प्रहार

विराटनगरमा देवरद्वारा भाउजूमाथि तेजाब प्रहार

विराटनगर । विराटनगर-९ का २२ वर्षीय छोटु भनिने श्रवण साहले आफ्नै भाउजूमाथि तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा श्रवणले २९ वर्षीया रागिनी साहमाथि तेजाब प्रहार गरेका हुन् । तेजाव प्रहारबाट घाइते भएकी उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । घटनामा संलग्न श्रवन फरार रहे...
error: Content is protected !!