टी-२० विश्वकपः क्यानाडालाई हराउँदै अमेरिकाको विजयी सुरुआत
विराटनगर । घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान भएको पहिलो खेलमा अमेरिकाले क्यानाडालाई ७ विकेटले पराजित गरेको हो ।
अमेरिकाको टेक्सास राज्यको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानाडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७।४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो ।
अमेरिकाका आरोन जोन्स अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए...



























