विनोद विष्ट/संगालोखबर

राणाकालीन समयमा मकवानपुरको भीमफेदीबाट मानिसहरुले बोकेर काठमाडौं पुर्याएको गाडी । छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको यो गाडी तत्कालीन श्री ३ महाराज चन्द्र शम्शेरले आफ्नी धर्मपत्नीलाई उपहार दिन भारतमा बनाएर नेपाल ल्याएको अभिलेखमा उल्लेख छ ।

Advertisement

इतिहासमा उल्लेख भएअनुसार राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दालाई भरिया बनाइन्थ्यो ।

विक्रम संवत् १९८० को दशकदेखि काठमाडौंमा मोटरबाटो बन्न सुरु गरेको थियो । उपत्यकाको सीमित सडक सञ्जाल थानकोटसम्म मात्र थियो भने वीरगन्जदेखिको बाटो भीमफेदीबाट माथि पुगेको थिएन ।

गाडी बोकेर ल्याउने क्रम २०१३ सम्म चलेको पाइन्छ । २०१० देखि बन्न थालेको पृथ्वी राजमार्ग भीमफेदी–थानकोट तीन वर्षसम्ममा जोडिएपछि भारतदेखि गाडी गुडेरै काठमाडौं आउन थालेको अभिलेखहरुमा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!