संगालोखबर
फाइल तस्बिर

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक क्रियाकलापका नाममा चर्को ध्वनिमा लाउडस्पीकर, माइक र साउन्ड बक्स प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ ।

विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि गर्दा ठूलो आवाज निकाल्दा बालबालिका, वृद्धवृद्धा लगायत सर्वसाधारणमा ध्वनि प्रदूषण भई मानसिक तथा दीर्घ रोगको जोखिम बढेको जनगुनासो आएको भन्दै मोरङ प्रशासनले यस्तो आग्रह गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनामा सर्वोच्च अदालतको २०८० पुस १६ गतेको फैसला र नेपाल सरकारद्वारा २०६८ कात्तिक १३ गते राजपत्रमा प्रकाशित ध्वनि मापदण्डलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरिएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार ग्रामीण क्षेत्रमा दिउँसो अधिकतम ४५ डेसिबल र राति ४० डेसिबल तथा शहरी आवास क्षेत्रमा दिउँसो ५५ डेसिबल र राति ५० डेसिबलसम्म मात्र ध्वनि कायम गर्नुपर्नेछ ।

मोरङ जिल्लाभित्र रहेका सम्पूर्ण मठ-मन्दिर, मस्जिद, चर्च र गुम्बा लगायतका धार्मिक स्थलहरूमा ध्वनि प्रदुषण मापदण्ड उल्लङ्घन नगर्न प्रशासनले आग्रह गरेको छ । तोकिएको मापदण्ड विपरीत ध्वनि प्रदूषण गरे वा गराएमा कानून बमोजिम कडा कारबाही गरिने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!