टी–१० क्रिकेटः विराटनगर स्पोर्टिङको लागातार तीन जित
विराटनगर । प्रथम कोशी प्रदेश टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर–६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३ रनले पराजत गर्दै विराटनगरले लगातार तीन जित हात पारेको हो ।
टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै १५५ रन बनाएको हो । जितका लागि विराटनगर स्पोर्टिङका परवेज शेखले अर्...





























