संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घरको माथिल्लो तलामा जस्ताको छाना लगाउने क्रममा दमक नगरपालिका–२ का ६२ वर्षीय खगेन्द्र राईलाई बिहीवार करेन्ट लागेको थियो ।

छाना बनाउन प्रयोग गरेको जस्ताले नजिकैको बिजुलीको तारमा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएका उनको त्यहीँ मृत्यु भएको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!