झरनाबाट लडेर पाँचथरमा एकजनाको मृत्यु, २ जना घाइते
पाँचथर । पाँचथरको फालेलुङस्थित मुवा झरनाबाट लडेर एकजना युवकको मृत्यु भएको छ । सँगै घुम्न गएका उनका दुईजना साथी घाइते भएका छन् ।
प्रहरीका अनुसार फालेलुङ गाउँपालिका–५ र ६ वडाको सिमानामा रहेको झरना क्षेत्र घुम्न गएका फिदिम नगरपालिका–२ का १८ वर्षीय एल्सन मगरको लडेर मृत्यु भएको हो ।
टाउको पछाडि गहिरो चोट लागेका उनको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापास्थित सुविधासम्पन्न अस्पताल लैजान रिफ...






























