संगालोखबर


धनकुटा । धनकुटामा भएको प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवं फुड फेष्टिबलमा १ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार सम्पन्न भएको औद्योगिक मेला नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजना तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा सञ्चालन भएको हो ।

‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिर्भरतातर्फ अग्रसर बनौँ’ भन्ने नाराका साथ आयोजित मेलामा घरेलु उत्पादन, स्थानीय, खानाका परिकार र स्थानीय आठपहरिया, मगर र नेवारी जातिका खानाका परिकार गरी ३० वटा स्टल राखिएका थिए । जेठ ९ देखि १७ गतेसम्म सञ्चालन भएको मेला करिब १८ हजार आगन्तुकले अवलोकन गरेको जनाइएको छ ।

Advertisement

मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री गरिएको थियो । यस्तै, स्थानीय खानाका परिकार, धनकुटाका पुराना तस्वीरहरु समेत स्टलमा राखिएको थियो । मेलाका अवसरमा दैनिक मनोरञ्जनात्मक प्रस्तुतिहरु समेत गरिएको घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!