पहिरोले खोटाङका १० परिवार विस्थापित
खोटाङ । गत बुधबार र बिहीबार दुई दिन परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा खोटाङका १० परिवार विस्थापित भएका छन् ।
पहिरोले घरमा क्षति पुर्याउदा ऐसेलुखर्क, रावावेसी लगायत क्षेत्रका १० परिवारका ५० जना मानिस विस्थापित भएका हुन् ।
प्रहरीका अनुसार ऐसेलुखर्क गाउँपालिका-४ का प्रेमबहादुर राई, सोमप्रसाद तामाङ, सुरेश तामाङ, कर्णबहादुर गिरी, मुगाधन राई, कन्याराज तामाङ, माचिन तामाङ र जुनुकुमार...



























