विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने
विराटनगर । कोशी एनके मोटर्सले विराटनगरमा विद्युतीय गाडी उत्पादन गरिने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा कोशी एनके मोटर्स प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।
चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा प्रालिले विद्युतीय गाडी उत्पादन गर्ने भएको हो ।
चीनको फुजियन प्रान्तमा रहेको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी र कोशी एन के मोटर्स प्रालिबीच चारपाङ्ग्रे...





























