झापाको कनकाईमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

झापाको कनकाईमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिकामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी इलामकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई–१ मा बस्दै आएकी इलामकी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई साउन १७ गते दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे–४ का ४० वर्षीय द...
एसईईको पूरक परीक्षा आजदेखि

एसईईको पूरक परीक्षा आजदेखि

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ । परीक्षाफल रद्द भएकाहरूले भने पूरक परीक्षा दिन पाउने छैनन् । यस वर्ष एनजी ल्याएका ५२ हजार विद्यार्थी रहेको रा...
खोलामा डुबेर मोरङ र खोटाङका दुईजना वृद्धाको मृत्यु

खोलामा डुबेर मोरङ र खोटाङका दुईजना वृद्धाको मृत्यु

विराटनगर । मोरङ र खोटाङमा खोलामा डुबेर दुईजना वृद्धाको मृत्यु भएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको स्थानीय मखु खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बजारबाट फर्कने क्रममा मेखु खोलामा आएको भेलले बगाएर उनी बेपत्ता भएकी थिइन् । खोजीका क्रममा उनलाई मृत अवस्थामा फेला पारिएको हो । यसैगरी, विराटनगर महानगरपालिका–१ स...
महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

महिला भलिबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दै

काठमाडौँ । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपराह्‍न ५ बजे सुरु हुने खेलमा दुवै टिम उपाधि हात पार्ने लक्ष्यसहित सहभागी हुनेछन् । हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको ...
२०८१ साउन २३ गते बुधबार/आजको राशिफल

२०८१ साउन २३ गते बुधबार/आजको राशिफल

बि.सं.२०८१ साउन २३ गते बुधबार ई.सं.२०२४ अगस्त ०७ नेपाल सम्वत् ११४४ गुंलाथ्व तृतीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल तृतीया, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, परिधि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३० बजे, सूर्यास्त साँझ ०६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुख...
विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी फर्काइए

विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशी फर्काइए

विराटनगर । विराटनगर नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने एकजना बङ्गलादेशी नागरिकलाई नेपाल प्रहरीले भारततिरै फिर्ता पठाएको छ । आज अपराह्‍न रानी भन्सारको एक नम्बर ढाटमा अध्यागमन जाँच गरी नेपाल आउन खोजेका बङ्गलादेशी नागरिक ४६ वर्षीय उत्तम सर्कारलाई प्रहरीले फिर्ता पठाएको हो । प्रहरीले बङ्गलादेशी नागरिक पहिचान गरी फिर्ता गर्न आफ्ना सबै निकायलाई निर्देशनसमेत दिएको छ । यसैबीच, झापाको काँकडभिट्टा अध्य...
विराटनगरमा सडक लेनबारे छैन सचेतनाः ‘डमी’ ट्राफिक, लापर्बाह चालक

विराटनगरमा सडक लेनबारे छैन सचेतनाः ‘डमी’ ट्राफिक, लापर्बाह चालक

विराटनगर । प्रदेश राजधानी विराटनगरमा ६ लेन सडक विस्तार भएको लामो समय भइसकेको छ । सडकको चौडाइ बढेपनि यसको सही प्रयोग नहुँदा सवारी आवागमन अस्तव्यस्त र दुर्घटना पनि बढ्दो छ । विराटनगरको रोडशेष चोकदेखि ढाटसम्मको सडकलाई नियाल्दा दुबै तर्फको एक लेन सडक पार्किङले ढाकिएको हुन्छ । ‘पिक आवर’ मा यसले थप समस्या निम्त्याएको छ । सवारी चालकलाई लेन अनुशासनका बारेमा खासै ज्ञान समेत नभएको पाइन्छ भने ज्ञान भएपनि ...
इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा

इरानलाई हराउँदै नेपाल महिला भलिबलको फाइनलमा

काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हराएको हो । नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो । योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । ...
कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

कोशीका चारसहित विभिन्न जिल्लामा भारी वर्षा हुने, रात्रि बस सञ्चालनमा रोक

विराटनगर । आज राति र भोलि भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै सरकारले कोशी प्रदेशका चारसहित विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । कोशीसहित पाँचवटा प्रदेशका विभिन्न जिल्लामा भारी र अति भारी वर्षा हुने जनाइएको छ । जल तथ...
कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मलेसियातर्फ

कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मलेसियातर्फ

विराटनगर । मलेसियामा आयोजना हुने दोस्रो ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुने नेपाली खेलाडी आज त्यसतर्फ प्रस्थान गर्दै छन् । तौलसमूह ६० केजी पुरुषतर्फ विज्ञान पुन र विशाल बिसी, ६७ केजी तौलमा आशिष चौधरी, ७५ केजी तौलमा सचिन थापा तथा ८४ केजी तौलमा निरज बाबु थापाले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने छन् । नेपालको टिम कोचमा हरिबहादुर घर्ती र टिम व्यवस्थापकतर्फ खगेन्द्र बुद्ध पनि मलेसिया जाँदै ...
झापामा शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य बन्न रोक 

झापामा शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्य बन्न रोक 

झापा । झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ । पालिकाका अध्यक्ष हुकुमसिंह राईले सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गरेका छन् । शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५) को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी सम...
धनकुटा नगरपालिकाद्वारा सूचीकृत नभएका सहकारीमा कारोबार नगर्न आग्रह

धनकुटा नगरपालिकाद्वारा सूचीकृत नभएका सहकारीमा कारोबार नगर्न आग्रह

धनकुटा । धनकुटा नगरपालिकाले सूचीकृत नगरी सञ्चालित सहकारीमा कारोबार नगर्न नगरवासीलाई आग्रह गरेको छ । अन्य स्थानीय तहमा प्रधान कार्यालय भई धनकुटामा सेवा केन्द्र र शाखा कार्यालय सञ्चालन गरिरहेका सहकारीमा कारोबार गर्नु जोखिमपूर्ण हुने नगरपालिकाले जनाएको छ । बारम्बार सूचना प्रकाशित गर्दापनि त्यस्ता सहकारी नगरपालिकामा सूचीकृत हुन नआएको नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । नगर...
भोजपुरः बाढीमा ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारको राहत

भोजपुरः बाढीमा ज्यान गुमाएकाको परिवारलाई प्रदेश सरकारको राहत

भोजपुर । कोशी प्रदेश सरकारले इर्खुवाखोला बाढीबाट मृत्यु भएकाको परिवारलाई राहत प्रदान गरेको छ । साउन १६ गते आएको बाढीले मृत्यु भएका दुईजनाको परिवार र अन्य बाढीपीडितलाई राहत दिइएको हो । बाढीले बगाउँदा इर्खुवाखोला जलविद्युत आयोजनामा काम गर्ने मजदुर श्यामकुमार थारू र रमेश थारूको मृत्यु भएको थियो । प्रदेश सरकारको तर्फबाट तत्काललाई मृतक परिवारलाई रु एक–एक लाख हस्तान्तरण गरिएको हो ।  बाढीपीडित पाँच प...
पहिरोमा घरसहित पुरिँदा चार जनाको मृत्यु

पहिरोमा घरसहित पुरिँदा चार जनाको मृत्यु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम बिक, साढे दुई वर्षकी रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको हो । पहिरोमा पुरिएका मुना बिक र विष्णु बिकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका...
बाढी पहिरोले सुनसरी र सङ्खुवासभामा सडक अवरूद्ध

बाढी पहिरोले सुनसरी र सङ्खुवासभामा सडक अवरूद्ध

विराटनगर । बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बुलेटिन जारी गरी अविरल वर्षापछि बाढी पहिरो आउँदा विभिन्न ठाउँका मुख्य सडकदेखि सहायक सडक अवरुद्ध भएको जानकारी दिएको हो । सुनसरी धनसारेमा आज पहिरो जाँदा बराहक्षेत्र नगरपालिका–१, धनसारेमा पर्ने चतरा–बराह क्षेत्र भित्री सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । पहिरोले उक्त सडकखण्ड अवरुद्ध बनेपछि आवागमन प्रभावित बने...
लिम्बुवानको बन्दः अरुण पूर्वका ९ जिल्लामा आंशिक प्रभाव

लिम्बुवानको बन्दः अरुण पूर्वका ९ जिल्लामा आंशिक प्रभाव

धनकुटा । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन आंशिक प्रभावित बनेको छ । परिषदले आज धनकुटासहित अरुण पूर्वका नौ जिल्लामा बन्द आह्वान गरेको हो । धनकुटामा बिहानैदेखि यातायातका साधन सञ्चालन भइरहेका छन् । तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लाबाट धनकुटा हुँदै तराईसम्म पुग्ने साथै लामो तथा छोटो दूरीमा जाने यातायातका साधन सञ्चालनमा रहेको जिल्ला ट्राफिक ...
महिला भलिबलः फाइनलमा पुग्न आज इरानसँग भिड्दै नेपाल

महिला भलिबलः फाइनलमा पुग्न आज इरानसँग भिड्दै नेपाल

काठमाडौँ । काभा महिला भलिबल लिगको फाइनलमा पुग्न नेपालले आज इरानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा दोस्रो सेमिफाइनलमा बेलुकी सवा ५ बजे नेपाल र इरान खेल्नेछन् । त्यसअघि पहिलो सेमिफाइनलमा दिउँसो ३ बजे भारत र श्रीलङ्का बीच खेल हुनेछ । नेपालले हिजो माल्दिभ्सलाई सोझो सेटमा हराएको थियो । लिग चरणमा भारतलाई हराएर ऐतिहासिक उपलब्धि बनाउन सफल नेपालको महिला भलिबल टोली अघिल्ल...
२०८१ साउन २२ गते मङ्गलबार/आजको राशिफल

२०८१ साउन २२ गते मङ्गलबार/आजको राशिफल

बि.सं.२०८१ साउन २२ गते मङ्गलबार ई.सं.२०२४ अगस्ट ०६ नेपाल सम्वत् ११४४ गुंलाथ्व द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल द्धितीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वरियान योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ०६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जु...
विराटनगरमा तीव्र गतिको ट्रक दुर्घटना हुँदा एउटा पुलबाट अर्को पुलमा

विराटनगरमा तीव्र गतिको ट्रक दुर्घटना हुँदा एउटा पुलबाट अर्को पुलमा

विराटनगर । विराटनगरको पुष्पलाल चोक–विराटचोक सडक खण्डको घिनाघाटमा गएराति भारतीय ट्रक दुर्घटना भएको छ । विराट चोकबाट आउँदै गरेको बीआर ० ६ जीडी ५४४४ नम्बरको भारतीय ट्रक अनियन्त्रित भइ दुर्घटना भएको हो । स्थानीय बासिन्दाका अनुसार तीव्र गतिमा गुडिरहेको उक्त ट्रक राति ११ बजेतिर घिनाघाट पुलमा ठोक्किएर दुर्घटना भएको हो । सिङ्घिया खोलामाथि बनाइएको नवनिर्मित पुलमा ट्रक ठोक्किएर ट्रक दुर्घटना भएको प्रहरील...
उच्च अदालतको धनकुटा इजलासले टुङ्ग्यायो ३ सयभन्दा बढी मुद्दा

उच्च अदालतको धनकुटा इजलासले टुङ्ग्यायो ३ सयभन्दा बढी मुद्दा

धनकुटा । उच्च अदालत विराटनगर अन्तर्गत धनकुटा इजलासले गत आर्थिक वर्षमा ३७९ वटा मुद्दा फछ्र्यौट गरेको छ । आज अदालतले गरेको पत्रकारहरूसँगको अन्तरक्रियामा यो जानकारी दिइएको हो । धनकुटा इजलासमा २०८० साउनदेखि २०८१ असार सम्ममा रहेका ४५२ मुद्दामध्ये ३७९ वटा टुङ्गो लगाइएको जनाइएको छ । जिम्मेवारी सरेका १३२ र नयाँ दर्ता ३२० गरी ४५२ थान मुद्दा दर्ता भएको अदालतले जनाएको छ । अदालतमा एक वर्षमा ८३ दशमलव ८५ प्...
खानेपानी शुल्क वृद्धिविरुद्ध धरानको महसुल सङ्कलन केन्द्रमा ताला

खानेपानी शुल्क वृद्धिविरुद्ध धरानको महसुल सङ्कलन केन्द्रमा ताला

सुनसरी । धरानका १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा आज खानेपानी बोर्डको महसुल सङ्कलन काउन्टरमा ताला लगाएका छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैङ्कको ऋण तिर्नका लागि महसुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए । त्यसपछि आक्रोशित बनेका राजनीतिक दलका नेता कार्यकर्ताले धरान उपमहानगरपालिका वडा नम्बर ११, १५ र १६ मा रहेका खानेपानी महसुल काउन्टरमा ताला लगाएका हुन् । आन्द...
काभा महिला भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काभा महिला भलिबलमा नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौँ । काभा महिला भलिबल लिगमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल समूह उपविजेता बनेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई हराएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–१८ ले हरायो । यो जितसँगै नेपालले ४ खेलमा ९ अङ्क जोडेको छ । अब नेपालले सेमिफाइनलमा लिगको तेस्रो स्थानमा रहेक...
ओखलढुङ्गाका युवकको काठमाडौँमा हत्या

ओखलढुङ्गाका युवकको काठमाडौँमा हत्या

काठमाडौँ । ओखलढुङ्गाका एक युवकको काठमाडौँमा हत्या भएको छ । प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–७ स्थित कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको हो । प्रहरीका अनुसार उनी ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–९ माधवपुरका बासिन्दा हुन् । केही समयदेखि कालोपुलस्थित दयालक्ष्मी महर्जनको घरमा उनी डेरा लिएर बस्दै आएका थिए । घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानको लागि २४ वर्षीया उषा नेपाली र २...
प्रिन्सिपललाई नै कलेजमा प्रवेश नदिइएपछि…

प्रिन्सिपललाई नै कलेजमा प्रवेश नदिइएपछि…

विराटनगर । शनिबार विराटनगरको मनास्लु होटलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत कार्यक्रम राखिएको थियो । कार्यक्रममा कोबास कलेजको प्रिन्सिपलको भूमिकामा सुनिल श्रेष्ठ सहभागी थिए ।  आइतवार उनलाई कलेजले प्रिन्सिपलबाट हटाएको भन्ने हल्ला फैलियो । तर उनले यसबारे कतैबाट केही जानकारी पाएका थिएनन् । आज सोमवार श्रेष्ठलाई कलेज प्रवेशमा नै रोक लगाइयो । कलेज व्यवस्थापनले आफूलाई बिनाकारण गेटबाट भित्...
खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

खुट्टाले लेखेर एसईई उत्तीर्ण गरेका कँडेललाई सांसद शर्माले दिए ल्यापटप

विराटनगर । खुट्टाले लेखेर एसईईमा उत्कृष्ट नतिजा ल्याउने गुल्मीका एक विद्यार्थीलाई सङ्घीय सांसद सुनील शर्माले ल्यापटप कम्प्युटर उपहार दिएका छन् । छत्रकोट गाउँपालिका–४ का १९ वर्षीय ऋषिराम कँडेललाई शर्माले ल्यापटप दिएका हुन् ।  खुट्टाले लेखेर एसईईमा ३.३७ जिपिए ल्याएका उनलाई ल्यापटप आवश्यक भएको कुरा सोही क्षेत्रका सांसद चन्द्र भण्डारीले जानकारी गराएका थिए । त्यसपछि शर्माले भण्डारी मार्फत ल्यापटप ह...
मनसुन फेरि सक्रिय हुँदैः ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा ‘रेड जोन’ मा

मनसुन फेरि सक्रिय हुँदैः ताप्लेजुङ, पाँचथर र सङ्खुवासभा ‘रेड जोन’ मा

विराटनगर । नेपालमा मङ्गलवार र बुधबार मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाट कोशी प्रदेशका केही जिल्ला सहित तीन दर्जनभन्दा बढी जिल्लामा 'रेड अलर्ट’ जारी गरिएको छ । कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित हुने जनाइएको छ । यसैगरी, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला 'रेड जोन' मा पर...
अमेरिकी धावक बने विश्वको सबैभन्दा छिटो दौडने व्यक्ति

अमेरिकी धावक बने विश्वको सबैभन्दा छिटो दौडने व्यक्ति

विराटनगर । अमेरिकी धावक नोह लायल्सले पेरिस ओलम्पिक–२०२४ मा पुरुष एक सय मिटर दौडमा स्वर्ण पदक जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका छन् । स्टेड डे फ्रान्समा गएराति भएको एक सय मिटर दौडमा लायल्सले निर्धारित दूरी ९.७८४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । लायल्सले जमैकन धावक किसाने थम्पसनलाई पछि पारे । थोम्पसनले ९.७८९ सेकेन्डमा दौड पूरा गर्दै रजत पदक जिते । अमेरिकाकै फ्रेड केर्लेले...
गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो

गुडिरहेको माइक्रो बसमाथि रूख ढल्यो

धादिङ । गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । धादिङबेंसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको विद्युतीय माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रूख ढलेर माइक्रो बसमाथि बजारिएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रु घाइते भए...
विराटनगरको ट्राफिक लाइट उद्‌घाटन

विराटनगरको ट्राफिक लाइट उद्‌घाटन

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक जडान भएको ट्राफिक लाइटको औपचारिक उद्‌घाटन गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा जडान गरिएको लाइटको आज बिहान उद्‌घाटन गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले ट्राफिक लाइटको उद्‌घाटन गरे । मन्त्री अधिकारीले यसबाट सवारी आवागमनका साथै पैदलयात्रीलाई पनि स...
बैङ्कमा राखिएको १ करोड १० लाखको मुद्दती रसिद नक्कली भएको दाबी

बैङ्कमा राखिएको १ करोड १० लाखको मुद्दती रसिद नक्कली भएको दाबी

झापा । बिर्तामोडस्थित प्रभु बैङ्कको शाखाबाट करोडभन्दा बढी रकम गायब भएको विषयमा बैङ्कले आफ्नो धारणा सार्वजनिक गरेको छ । त्यसअनुसार स्थानीय मञ्जुकुमारी नेपालको मुद्दती खातामा राखिएको भनिएको रकमसम्बन्धी कागजात नक्कली रहेको बैङ्कको भनाइ छ । मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेन्ट नक्कली रहेको प्रभु बैङ्कले जनाएको छ । बैङ्कका कोशी प्रदेश प्रमुख बद्री कटुवालले विज्ञप्ति जारी गर्दै उक्त मुद्दत...
२०८१ साउन २१ गते सोमबार/आजको राशिफल

२०८१ साउन २१ गते सोमबार/आजको राशिफल

बि.सं.२०८१ साउन २१ गते सोमबार ई.सं.२०२४ अगस्त ०५ नेपाल सम्बत ११४४ गुंलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, व्यतिपात योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५ः२९ बजे, सूर्यास्त साँझ ०६ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरि...
error: Content is protected !!