झापाको केर्खामा बसको ठक्करबाट हजुरबा-नातिनीको मृत्यु
झापा । झापाको कमल गाउँपालिका-४ केर्खामा बसको ठक्करबाट हजुरबा र नातिनीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र.१-०१-००१ ख ४३३१ नम्बरको बसले आज साँझ करिब ५ः३० बजे विद्युतीय साइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट कमल गाउँपालिका-३ सानो केर्खामा ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ९ वर्षीया नातिनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानी...


























