
विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला छ सय रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ८४ दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज पनि चाँदीको मूल्य यथावत छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

संगालोखबर 













